विद्यालय तोडफोड गरी चोरी, गर्ने २ जना पक्राउ

जुम्ला ः तातोपानी गाउँपालिका २को हिम शिखर माध्यमिक विद्यालयमा चोरी गरको छ ।सोमबार राती करिब १२ बजेतरि वद्यिालयमा तोडफोड गरी चोरी भएको हो । चोरी गररिहेकै अबस्थामा विद्यालय व्यस्थापन समितिका अध्यक्ष रुद्रसंिह मल्ल र उनकी श्रीमत्ी गौरा मल्लेले थाहा भएका थिए । चोरीमा संलग्न तातोपानी गाउँपालिका ६ निवासी २३ वर्षिय हरदित्त बुढ्थापा र १७ वर्षयि हस्त खड्कालाई रंगेहात पक्राउ गरएिको छ ।अध्यक्ष मल्ले र उनकी श्रीमती गौरा मल्ल खेतमा पानी हालेर फर्कनिे क्रममा बिद्यालयमा चोरी भएको आवाज सुनिएपछि त्तत्काल प्रहरीचौकी लिताकोटलाई खवर गरीएको थियो । चौकी ईन्चार्ज टुल्का गिरीको नेतृत्वमा गएको टोलीले घटनास्थलमै चोर प्रक्राउ गर्न सफल भएको हो ।
अध्यक्ष मल्लले भने उनका अनुसार वद्यिालय चोरीमा संलग्न पक्राउ परेका दुबैजनालाई हदै सम्मको कारबार्ही गर्न समेत माग गरेका छन । प्रहरी चौकी लिताकोट र जिल्ला प्रहरी कार्यालयको टोलीले घटना स्थलमा पु्गेर चोरी तथा तोडफोडको मुछुल्का गरेको विद्यालयका प्रधानाध्यापक धन बहादुर रोकायाले बताए ।उनले भने,निषेधाज्ञाको बेला विद्यालय बन्द रहेको मौका छोपी महत्वपुर्ण कागजात सहति सामान चोरी भएको छ । विद्यालय संचालन भएपछि पनि संचालन हुने अबस्था छैन् । दोषीलाई कारबार्ही र वद्यिालयलाई तत्तकाल आबश्यक राहत उपलब्ध गराउन समेत माग गर्दछौ ।”प्रहरीको मुछुल्कामा स्टील दराज तोडफोड गरी पुनारो निर्णय पुस्तीका,लेखा परक्षिण गरेको बलिल भरपाई, ल्याप्टप ३ थान,ब्याकप ३ पसि,फोन सेट १ थान, प्रोजेक्टर १ थान र डेक्सटप १० थान लगायतका महत्वपुर्ण सामाग्री चोरी भएको छ ।
भने, डिजिटल हाजिरी, फोटोकपी मेसनि २ थान ,फाईल ब्याक २ वटा र स्टील दराज गरी वभिन्नि अन्य सामाग्रीहरु तोडफोड गरीएको वव्यिस अध्यक्ष रुद्रसंिह मल्लले बताए । भने करबि एक दर्जन ढोका फोडएिको छ ।वभिन्नि सामाग्री चोरी तथा तोडफोड बाट बिद्यालयको क्षती करबि १५ लाख बराबरको भएको प्रावधिकि संयोजक गणेशराज डाँगीले बताए । उनका अनुसार प्राविधिकि फाँटका सामाग्रीहरु भताभुंग गरएिको छ ।भने, वज्ञिान प्रयोेगशाा, प्रावधिकि फाँटमा राखेका विभिन्न सामान,र कम्प्युटर ल्याबमा समेत तोडफोड गरी सामान कामै नलाग्ने बनाएको विद्यालयले जनाएको छ ।
यता प्रधानाध्यापक रोकायाले दोषीलाई कानुन अनुसार कडा सजाय दिलाउन किटानी जाहेरी हाल्ने तयारी भईरहेको जानकारी दिए । मंगलबारनै जिल्ला प्रहरी कार्यालयमा किटानी हालेर विद्यालय जस्तो विद्याको मन्दिर तोडफोड गर्ने, चोरीगर्नेलाई कारबार्हीका लागी प्रक्रिया अगाडी बढाई तयारी गरएिको छ ।जिल्ला प्रहरी कार्यालयले भने, घटनाको थप अनुसन्धान भईरहेको बताएको छ । पक्राउ परेकालाई २४ घण्टा भन्दा बढी हिरासतमा राख्न नमिल्ने भएकोले वद्यिालयले जाहेरी दिएपछि मात्रै कारबार्ही प्रक्रिया अघि बढ्ने बताइएको छ ।

 

तेस्रो पटक भएको चोरीका क्रममा रंगेहात २ जनालाई प्रहरीले पक्राउ गरेपनी उनिहरुको संजाल ठुलो हुन सक्ने आशंका गरिएको छ । यदपी,२ जना मात्रै हुन की अरु पनि सहभागी छन् भन्ने कुरा खुलेको छैन् ।चोरहरुले तातोपानी गाउँपालिका ५ बस्ने तेज बहादुर कठायतको भे ५ प ३७६० को मोटरसाईकल प्रयोग गरेको पाइएको छ ।
उक्त मोटरसाईकलाई पनि प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।तातोपानी गाउँपालिकाकै मुटुका अबस्थित २०१६ सालमा स्थापना भएको हिमशखिर वद्यिालयमा हाल सम्म तीन पटक चोरी भईसकेको छ । भने तीनैपटक विभन्नि माध्यमबाट चोर पत्ता लागीसकेका छन् ।

सम्बन्धित समाचार