राउटे युवतीलाई प्रलोभनमा पारी यौनजन्य क्रियाकलाप गर्न बाध्य बनाइयो ःराष्ट्रिय मानव अधिकार आयोग

जुम्ला ः राउटे समुदायका दुई जना युवतीलाई प्रलोभनमा पारी स्थानीय होटलमा लगेर यौनजन्य कार्य गर्न बाध्य बनाएको मानव अधिकार आयोगले जनाएको छ । आयोगको कर्णाली प्रदेश शाखा कार्यालय जुम्लाले यस सम्बन्धमा अनुगमन गरि स्थानीय तीन जना युवाहरुले ती युवतीलाई बाध्य बनाएर यौनजन्य क्रियाकलाप गरेको बताएको हो । ‘उक्त घटनाका कारण निज युवतीहरुलाई राउटे समुदायले अस्वीकार गर्ने सम्भावना देखिएको र उनीहरुको ज्यान नै जोखिममा पर्नसक्ने अनुगमनमा पाइएको छ’ आयोगको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘प्रलोभनमा पारी यौनहिंसामा लगाइएका उल्लेखित दुई युवतीहरुलाई यसअघि पनि राउटे मुखियाले ४ महिना नजरबन्द जस्तै गरी बन्दी बनाइएको जानकारी प्राप्त भएको छ ।’ साथै, पीडित युवतीहरुको गोपनीयताको संरक्षण गर्दै तत्काल स्वास्थ्य परीक्षण गर्न, उनहिरुको भौतिक सुरक्षा गरी जीवनको अधिकार संरक्षणमा तत्काल आवश्यक पहल गर्न र प्रभावकारी अनुसन्धामार्फत दोषीलाई कानूनी कारबाहीको दायरमा ल्याउन आयोगले नेपाल सरकारलाई आग्रह गरेको छ ।

सम्बन्धित समाचार