जुम्ला कारागारका कैदीबन्दीमा देखियो कोरोना संक्रमण

जुम्ला । जुम्ला कारागारका कैदीबन्दीमा कोरोना संक्रमण देखिएको छ । कारागारमा रहेका १५ कैदीबन्दीलाई संक्रमण देखिएको हो ।
कैदीबन्दीमा ज्वरो आउने, खोकी लाग्ने भएपछि स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण देखिएको कारागारका जेलर गयाप्रसाद पाण्डेले बताए । ‘संक्रमितलाई कारागारभित्रै छुट्टै आइसोलेट गरिएको छ ।’ उनले भने,‘संक्रमणका लक्षण नदेखिएका कैदीबन्दीलाई छुट्टै राखिएको छ ।
कारागारभित्रका दुई महिला र एक सय २१ पुरुष कैदीबन्दी रहेको १५ पुरुष कैदीबदीमा कोरोना संक्रमण देखिएको जेलर पाण्डेले बताए ।
कोरोना संक्रमण पुष्टी भएका ७७ वर्षीय पुरुष अवस्था गम्भीर रहेको र उनको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन कक्षमा उपचार भइरहेको कारागारले जनाएको छ ।

सम्बन्धित समाचार