कर्णालीमा कांग्रेसबाट दुई मन्त्रीको सपथ ग्रहण आज

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसका दुई मन्त्रीको सपथ ग्रहण आज(आइतबार) हुने भएको छ । कांग्रेसका कर्णाली सरकारमा सहभागिता जनाउने साामजिक विकास मन्त्रीमा यज्ञबहादुर बीसी र जलस्रोत तथा उर्जा मन्त्रालयमा दीनबन्धु श्रेष्ठको सपथ ग्रहण आज हुने भएको हो ।
कांग्रेस संसदीय दलको बैठकले बीसी र श्रेष्ठलाई सरकारमा पठाउने निर्णय गरेपछि मुख्यमन्त्री शाहीले शुक्रबार साँझ प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । कर्णाली प्रमुखको कार्यालयले पनि शुक्रबार साँझै मन्त्री नियुक्त भएको जानकारी गराएको हो ।
कांग्रेसका दुई जना मन्त्री थपिएसँगै कर्णालीको मन्त्री मण्डल ८ सदस्यीय बनेको हुनेछ ।

सम्बन्धित समाचार