चोरी नियन्त्रणमा सक्रिय बन्दै जिल्ला प्रहरी कार्यालय जुम्ला

जुम्ला ः जिल्ला प्रहरी कार्यालय जुम्लाले पछिल्लो समयमा चोरी घटना नियन्त्रणमा सक्रिय बनेको छ । कोरोनाको महामारीमा नागरिकलाई सुरक्षीत बस्न आग्रह गर्दै टोलटोल पुगेको प्रहरी चोरीका घटना नियन्त्रणमा पनि तेतिकै सक्रिय बनेको हो । चन्दननाथ नगरपालिका ५ वडाको ५कालेखोलीमा संचालन सिर्जनाजनरलस्टोरको यहि जेठ १९ गते बिहाना ३बजेको समयमा पसलको तालाफोडी चोरी भएको थियो । उक्त पसलमा .४०,०००। (चालिसहजार) नगत र खुद्रासामान गरी.७३ हजार ,५ पाँच सय २७ रुपैया बराबरको चोरी भएको थियो । प्रहरीले चन्दननाथ नगरपालिका ५ वडाका अन्दाजी .३१ वर्षका कोसर्जन परियारलाइई प्रकाउ गरेको छ ।

चोरीको आरोपको घटनामा प्रकाउ परेका परियारलाई चोरी गरेको अरोपमा कानुन बमोजिम कारवाही गरीपाँउ भन्ने ब्यहोराको समेत जाहेरी दरखास्त प्राप्त हुन आएको हुँनले प्रहरीको टोली घटनास्थलमा गई घटनास्थल मुचुल्का, गरेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी युवन कुमार चौधरीले बताए । उनका आनुसार बरामदी खानतलासी मुचुल्का लगायतका प्रारम्भिक अनसुन्धान कार्य सम्पन्न गरि प्रतिवादीलाई नियन्त्रणमा लिई दिन ७ को म्याद थप अनुमति लिई यस कार्यालयको हिरासत कक्षमा राखिएको छ । प्रहरीले हिरासत कक्षमा रहेका परियारलाई गहिरो अनुसन्धान पछि मात्रै कानुनी कारवार्ही गर्ने भएको छ ।

 

सम्बन्धित समाचार