स्थानीयतहमा सक्रिय,उपाध्यक्ष रोकाया र बुढा

जुम्ला ः महिलाहरुलाई हरेक समाजमा दोस्रो दर्जाको नागरिक जस्तो व्यवहार गर्छन । यसबाट बाहिर आउन समाज अझै समय लाग्ने देखिन्छ । यस्तो हुनमा सामाजिक, सांस्कृतिक ,धार्मिक र आर्थिक कुराले प्रभाव पार्दै आएको छ । यो कुरा समाजमा गहिरो गरी बसेको छ । तर पछिल्लो समयमा जुम्लाका महिला नेतित्वहरुले त्यो व्यवहार छिचोल्दै अगाडी बढेका छन । जसको उदारण हुन, जुम्लाको तिला गाउँपालिकाका उपाध्यक्ष बिष्णु बुढा र हिमागाउँपालिकाका उपाध्यक्ष हिमाली रोकाया,कोभिड १९को दोस्रो लहर तिब्रगतिमा चलिरहदा स्थानीयतहमा सबै भन्दा बढी सक्रिय उपाध्यक्षहरु देखीन्छन ।

रोकाया र बुढालाई जन्ताको सेवा गर्नका लागी कोरोना भाइसरको महामारीले पनि छेकेको छैन । अझै समग्र रुपमा भन्ने हो भने पुरुष जतिप्रतिनिििध भन्दा महिला नजप्रतिनिधि सबै भन्दा सक्रिय छन । हिमागाउपालिकाकी उपाध्यक्ष हिमाली रोकाया भनिन , हामी जन्ताले चुनेर पठाएका मान्छे , जे गर्छौ जनताका निम्ती गर्छौ ।
मुख्य कुरा यो महामारीमा आफ्ना नागरिकलाई बचाउनु हाम्रो दायित्वय हो । उनले थपिन , गाउँपालिका भित्रका नागरिकलाई कोरोना संक्रमणबाट बच्न सचेतना फैलाउँ थालेका छौ ।

यस अघि पनि उपाध्यक्ष रोकाया र बुढा आइसोलेसन निर्माण, कोभिड अस्पताल व्यवस्थापन र संक्रमितको रेखदेख र व्यवस्थापनमै तलिन थिइन ।रोकायोले यस अघि महिललाई रोजगारी मुलक बनाउन हातेहोजीयारी तालिम पनि दिएकी थिइन । स्थानियतहमा निर्वाचित उपाध्यक्षहरु महिलाका क्षामता बृद्धी , छाउपडी प्रथा न्युनिकरण जस्ता अभियानमा तिब्रगतीमा लागेको छन ।त्यस्तै तिला गाउपालिकाका उपाध्यक्ष बिष्णुमाया बुढा पनि कोरोनाका बिरामीको उच्च मोनोबल बनाउन घरदौलो अभियानमै छन। उपाध्यक्ष बुढालाई स्वास्थ्यकर्मी र सुरक्षा कर्मीको पनि साथसहयोग रहेको छ । बुढाको नेतृत्वमा कोरोनाको पहिलो चरणमा पनि घरदौलो अभियान थियो । त्यस अघि पनि उपाध्यक्ष बुढा सर्वोदय नेपाल नामक गैरसरकारी संस्था संग सहकार्य गरेर छाउगोठमुक्त अभियानमा थिइन । उनले आफ्नो बाँकी कार्यकाल पनि जन्ताको सेवामै प्रथामिकता दिने निधो गरेकी छन । उनले भनिन्,‘कोरोना भाइरस सामुहिक समस्या हो । यो एक व्यक्तिले चाहेर संक्रमण रोक्न सकिदैन ।

त्यसैले सबैको प्रतिबद्धता सहयोगले मात्रै संक्रमण रोक्न सम्भब छ बुढाले गरेको कामले संक्रमितलाई कोरोना भाइरस संग लड्नको लागि उर्जा प्रदान गर्न मदत पुगेको छ । उनले संक्रमित नागरिकलाई होमआइसोलेसनमा नबसेर सस्थागत्त आइसोलेसनमा आएर बस्न सुझाएकी छन । उनका अनुसार सामान्य रुघाखोकी,ज्वरो जस्तो लक्षण देखिएको अवस्थामा प्रयोग गर्न मिल्ने औषधि दिइएको छ ।

बुढा भन्छिन , जन्तालाई रोग र भोग बाट मर्न दिन हुन्न ,।जन्ता जसरी पनि बचाउनु पर्छ । यो हामी जनप्रनिधिको दायित्व पनि हो ।उनले आफ्ना पालिकाका आम नागरिकलाई भाइरसको संक्रमण रोक्नेको लागि बन्दाबन्दीको पुर्ण पालना गर्न अनुरोध गरिन । जब सम्म स्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना हुदैन् । तब सम्म संक्रमण न्युकरण हुदैन । तिला गाउँपालिकामा २५ बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल छ । कोरोना संक्रमणबाट बच्न र बचाउनको लागि आग्रह गर्दै उनको दैनिकी बितेको छ । बुढाले भनिन ,आफ्नो क्षेत्रमा कोरोना रोकथाम तथा नियन्त्रणमा लागि परेका छौँ ।

स्थानीयले पनि साथ दिएका छन । ’उनले जनताको स्वास्थ्य सुरक्षाका लागि अहोरात्र खटिएर लागि परेको बताइन । जुम्लाका सबै जसो स्थानियतहमा उपाध्यक्ष सक्रियरुपमा जन्ताको सेवामा खटिएको पाइन्छ । यसको ज्वलन्त उदारण हो ,नेतृत्वमा पुगेका पुरुष भन्दा महिला बढी सक्रिय छन । उनीहरु, आफु जोखिममा रहेर पनि संक्रमितको व्यवस्थापन र रेखदेख गरेर जिम्मेवारी निभाउन तयार छन । महिला नेतृत्व चाहेकोरोनाको महामारीमा होस या बिकास निमार्णमा होस प्रसंसनीय भुमिका खेलेको देखीन्छ । एक दुइ बहेक सबै स्थानीयतहमा उपाध्यक्ष निकै सक्रिय छन ।