समुदाय स्तरमा फौलियो कोरोना

 

जुम्ला ः तातोपानी गाउँपालिकाको वडा नम्बर ६ रावतवाडा गाउँमा कोरोना फैलिएको छ । गाउनै बिरामी परेको खवर सुनेर २७ जनाको परिक्षण गर्दा नौ जनालाई कोरोना संक्रमण भएको हो । । दुई दर्जन बढि मानिसहरु बिरामी परेको खबर आएको थियो । गाउँमा नौ जना संक्रमित भेतिएको तातोपानी गाउँपालिका स्वास्थ्य संयोजक गुरु प्रसाद चौलागाईले बताए ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका दर्जनौ नागरिकहरु एक सातादेखी बिरामीले थला परेको खबर स्थानीय सरकारले जानकारी पाएपछि जिल्ला जनस्वास्थ्य सेवा कार्यालय र गाउँपालिकाको स्वास्थ्य टोलीले एन्टिजन परीक्षण गरेको थियो । खोकी लाग्ने, टाउको दुख्ने, हाडजोर्नी ज्वरो आउने, खाना नरुज्ने, पालतो दिसा हुने जस्ता लक्षण देखिएको थियो । तातोपानी गाउँपालिका ६ का वडाध्यक्ष बिशाल खड्काले आफूहरुले गाउँहरुको अवस्थाबारे जानकारी लिई स्वास्थ्य जाँच गरिएको बताए ।

स्वास्थ्यकर्मीको टोली गएर बिरामीहरुको पिसिआर परीक्षणका लागि तयारी गरिएको स्वास्थ्य संयोजक चौलगाईले जानकारी दिए । पीसीआर परिक्षणका लागि नामावली तयार गरिएको हो ।यस अघि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जुम्लामा मास टेस्टिङलाई प्राथमिकता दिने निणर्य गरेको थियो । यहाँका सबै स्थानीय तहमा कृषि कर्म लगायत अन्य गतिविधि सञ्चालन गर्नु पर्ने भएकोले मास टेस्टिङका लागि तत्काल आरडिटी र एन्टिजेन खरिद गर्ने निर्णय गरेको हो । तर तत्काल यहाँका सबैको कोरोना परिक्षण हुन आवश्यक छ ।

सम्बन्धित समाचार