०७८÷०७९को १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट भाषणमा सुनिएको जुम्लाको नाम
जुम्ला ः सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड बजेट ल्याएको छ। जसअन्तर्गत चालू खर्चतर्फ कूल ६ खब ७८ अर्ब ६१ करोड, पूँजीगत खर्चतर्फ ३ खर्ब ४७ अर्ब २६ करोड, वित्तिय व्यवस्थातर्फ २ खर्ब ७ अर्ब ९७ करोड र प्रदेश र स्थानीय तहतर्फ ३ खर्ब ८६ अर्ब ७१ करोड बिनियोजन गरिएको हो । जसमा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्तर उन्नति हाइ अल्चिच्युट रंगशालामा स्थापना स्याउ प्रशोधन उत्पादन पकेट केन्द्रको स्थापना , नाग्मा गमगडी राजमार्गको स्तर उन्नति , चन्दननाथ मन्दिरको गुरुयोजना निमार्ण, . शहरी विकास तथा आधुनिकरणमा स्तर उन्नति , गरिबी निर्बारणका लागी (जनता आवास) कार्यक्रमको निरन्तरता ,राष्ट्रिय प्रसारण लाइनमा जडान (४०) जिल्ला अन्तर्गत जुम्ला पनि परेको छ ।








