राष्ट्रपतिद्वारा बजेटसम्बन्धी तीनवटा अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको बजेटसँग सम्बन्धित तीनवटा अध्यादेश जारी गरेकी छन्। राष्ट्रपति भण्डारीले संविधानको धारा ११४को उपधारा १ बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश रहेको छ ।

संसद् विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज ४ बजे सिंहदरबारबाट आगामी आव २०७८ ७९ को बजेट भाषण गर्दै छन्।

 

सम्बन्धित समाचार