प्रधानमन्त्रीले चार बजे सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सम्बोधन गर्दैछन् । सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरीरहेको छ । त्यहि बजेटको पूर्वसन्ध्यामा ओलीले सम्बोधन गर्न लागेक बताइएको छ ।

प्रधानमन्त्रीले सम्बोधन अपरान्ह चार बजे हुने बताइएको छ ।

बजेट प्रत्येक बर्ष जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, गत ७ जेठ मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी छ । अध्यादेशबाट बजेट नल्याउन सरोकारवालाहरूले सुझाव दिँदै आएका छन् ।

 

सम्बन्धित समाचार