निवर्तमान मन्त्री भण्डारीको जुम्लालाई अर्को उपहार

जुम्ला ः कर्णाली प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री नरेश मन्त्री भण्डारीले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान पछिको अर्को उपहार थप्ने भएका छन। उनले यस अघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल वि.सं २०६८ सालमा संसदमा विद्ययकको रुपमा दर्ता भई कर्णाली प्रतिष्ठान ऐन निर्माण भई स्थापना भएपछि अहिले पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको हवको रुपमा स्थापित भएको छ ।

त्यो समयमा प्रतिष्ठानको विद्ययक तत्कालिन सांसद तथा हाल कर्णालीका पूर्व प्रदेश गृहमन्त्री नरेश भण्डारीले संसदमा टेवुल गरेका थिए । यस जुम्लामा पुग्दा पुर्व मन्त्रीले प्रदेश सरकारले जुम्लालाई ठूलो उपहार दिने भन्दै एक सार्वजनिक कार्यक्रममा बोलेका भनेका थिए । भण्डारीले दिने उपहार के होला भन्दै जुम्ली जनतामा कौतुहलता छाएको थियो ।

आखिर विश्वविद्यालय भएको जिल्ला कोभिड संकट व्यवस्थापन समितिको वैठक, कर्णाली प्रतिष्ठानले गरेको कोरोना रोकथाम तथा नियन्त्रण सम्वन्धीको अन्तरक्रियामा पर्वतीय विश्वविद्यालय अगाडि बढेको खुलासा गर्नुभएको थियो । त्यो उपहार हो ,विज्ञान प्रविधि तथा पर्वतीय विश्व विद्यालय जुम्लामा स्थापना हुने भएको छ ।

कर्णाली प्रदेश सरकारका निवर्तमान आन्तरिक मामिला तथा कानून मन्त्री नरेश मन्त्री भण्डारीले विज्ञान प्रविधि तथा पर्वतीय विश्व विद्यालय जुम्लामा स्थापना हुने पक्का भएको बताए । उनले जुम्लाको चन्दननाथ नगरपालिकामा केन्द्रीय कार्यालय हुनेगरी विद्ययक दर्ता गरि संसदमा टेवुल भएको सार्वजनिक गरे ।

कोरोनाको महामारीमा पालिकाले बनाएका आइसोलेसन र अस्थाइ कोभिड स्पताल अनुगमन गर्न जुम्ला पुगेका निवर्तमान कानून मन्त्री भण्डारीले जुम्लामा पर्वतीय विश्व विद्यालय पनि स्थापना हुने जनकारी दिएका हुन । मन्त्री भण्डारीले जसरी स्वास्थ्य संकटमा कर्णाली प्रतिष्ठानले राज्यलाई ठूलो सहयोग गरेका छ ,। त्यसरी जुम्लालाई शैक्षिक हव बनाउनका लागी पर्वतीय विश्व विद्यालय स्थापना गर्न लागीएको बताए । उनले ,विश्वविद्यालयको सैंद्धान्तिक छलफलका लागि प्रदेशसभामा अगाडि बढेको हुदा पारित हुनेमा जोड दिए ।

भण्डारीले कर्णाली प्रदेश सरकारले जुम्लाको चन्दननाथ नगरपालिकामा केन्द्र हुने गरि पर्वतीय विज्ञान विश्वविद्यालय अगाडि बढाएको हुदा यो कर्णाली प्रदेशका लागि सुखद पक्ष भएको बताए । .उनले , अहिले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले जसरी स्वास्थ्यमा क्रान्ति ल्याएको छ । त्यसैगरी पर्वतीय विश्व विद्यालय स्थापना पछि कर्णालीको उच्च स्तरको शैक्षिक क्रान्ति अगाडि बढ्ने दावी गरे ।

पर्वतीय विश्व विद्यालयले कर्णाली प्रदेश लगायत हिमाली क्षेत्रका कृषि वन, जडिवुटि, उर्जा, पर्यटन र इन्जिनेरिङ, जैविक विविधता लगायत अन्य प्राकृतिक स्रोत साधन सँग सम्वन्धीत क्षेत्रको एकिकृत रुपमा अध्ययन अध्यापन र अनुसन्धान जस्ता बिषयको अध्यापन गराउने छ । उनले भने ,संसदमा विश्व विद्यालयको केन्द्रीय कार्यालय जुम्ला जिल्लाको चन्दननाथ नगरपालिकामा हुने उल्लेख छ । त्यस्तै विश्व विद्यालयको काम चाडै अगाडी बढ्ने कुरामा हामी लागि परेको पूर्व मन्त्री विमला केसीले बताईन ।

मन्त्री केसीले २०७८ वैशाख १३ गते सोमबार सामाजिक विकास मन्त्रालय जिम्मा लिदा संसदमा संद्धान्तिक छलफलका लागि टेवुल गरेकी थिइन । पारित भएपछि यो कर्णालीको ठूलो नमूना काम हुने निश्चित छ । उनले अव संसद खुलेपछि यो काम अगाडि बढ्ने जानकारी दिइन ।पर्वतीय विश्व विद्यालय स्थापना भएपछि ठूलो शैक्षिक परिवर्तननै हुने बिषयमा अहिले कर्णालीमा वहश चलिरहेको छ ।