उपचारमा रहेका संक्रमितलाई खेलकुद समितिको कोसेली

जुम्ला ः कोरोना संक्रमित भएर उपचार गराइरहेका संक्रमितलाई खेलकुद समिति जुम्लाले कोसेली दिएको छ ।जिल्ला खेलकुद विकास समिति जुम्लाले कोरोना संक्रमितलाई कोसेली प्रदान गरेको हो । समितिले अण्डा र रियल जुस प्रदान गरेको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भर्ना भएर उपचार गराइरहेका संक्रमितलाई खेलकुद समितिले कोसेली दिएको सदस्य सचिव संगिता आचार्यले बताइन । उनले भनिन, ४ जना खेलाडी संक्रमित सहित २० जना संक्रमितलाई अण्डा र रियल जुस दिइएको छ ।

,जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डे र सदस्यसचिव संगिता आचार्यले संयुक्तरूपमा कोसेली प्रदान गरेका हुन। अन्र्तराष्ट्यि धावक तथा एथ्लेटिक्स प्रशिक्षक हरिवहादुर रोकाया,महेश बुढ्थापा,मदन बुढ्थापा र अजय बुढ्थापा सहित अन्य १६ जना स्थानीय तथा बाहिरका कोरोना संक्रमितलाई अण्डा र जुस दिइएको हो ।

जसमध्ये धावक हरिवहादुर रोकाया निको भएर घर फर्किसकेका छन । उनको घरमै पुगेर एक क्यारेट अण्डा दिएर स्वास्थ्यलाभको कामना गरिएको जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव आचार्यले बताइन । सदस्य सचिव आचार्यले भनिन्,‘कोरोना महामारी जित्न सबैको समन्वय सहकार्य आबश्यक छ । यो एउटा व्यक्तिको समस्या होइन् । यो सामुहिक समस्या हो ।

सामुहिक रुपमा प्रतिरोध गरेर मात्र कोरोना संक्रमण नियन्त्रण गर्न सकिन्छ ।’ उनले थपिन संक्रमितको मनोबल उच्च बनाउन उत्प्रेरणा स्वरुप समितिले यो खालको क्रियाकलाप गरेको हो । खेलाडी तथा अन्य संक्रमितहरुलाइ कोरोना देखिएपछि मनोबल बढाउनको लागि स्वास्थ्य लाभको कामना सहित अण्डा र जुस वितरण गरिएको खेलकुद विकास समितिले जनाएको छ । आर्थिक नै सबै थोक होइन् । अध्यक्ष पाण्डे भने,‘ संक्रमितको मनोवल उच्च बनाई हौसला बढाउनु अहिलेको आवश्यकता हो ।