क्रियाशिलता माथीको प्रहार नगरौ ,नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ अघि बढौ ः पुर्वमन्त्री भण्डारी

जुम्ला ः कर्णाली प्रदेशका सांसद तथा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्यका साथ अघि बढ्न आग्रह गरेका छन। जुम्लाका आठ वटै स्थानियतहले बनाएका आइसोलेसन , हेल्थ डेक्स ,र कोभिड अस्पतालको अनुगमन गरिएको छ । मानव जातिको अमूल्य निधिका रूपमा संरक्षण गर्न आवश्यक रहेको बेला समाजिक संञ्जालमा क्रियाशिलता माथीको प्रहार गरिएको बताए ।

पुर्वमन्त्री भण्डारीले भने ,लकडाउन, जन्ता बचाउनको लागी गरिएको हो । प्रशासन निदाउनका लागी , जनप्रतिनिधि सुत्नका लागी, प्रहरीले डियुटी नर्गनका लागी लकडाउन गरिएको होइन ,हामी बिशुद्ध स्थानियतहले बनेका आइसोलेसन र कोभिड अस्पतालको अबस्थाको बारेमा जनाकारी लिन अनुगमन गएका हौँ ।अनुगमनमा आइसोलेसनको प्रयोगको अवस्था, व्यवस्थापन र कोभिड अस्पताल सञ्चालनको अवस्थाको बारेमा जानकारी लिएका छौ । उनले भने , मानव जिवन संग प्रत्यक्ष जोडीएका स्वास्थ्यकर्मीलाई होसियारीपुर्वक जिम्मेवारी निर्वाह गर्न सुझाएका छौ ।

यो महामारी बर्षा र पहिरोको जोखिम संगसंगै भएकोले सुरक्षित भएर काम गर्नुहोला । पुर्व मन्त्रीले स्थानिय तहलाई अब चेकजाँचमा कडाई गर्न निदेशन दिए । उनले जुम्लाबासीको एकिन तथ्यांक संकलन गरेर निगरानी गर्न सुझाए । उनले भने स्थानिय तहले कोभिड विरुद्धको सचेतना फैलाएर संक्रमितलाई आइसोलेसनमा बस्ने वातावरण सिर्जना गर्न अनुरोध गरे । उनले थपे कोही पनि आइसोलेसनमा बसेका छैनन ।सबै होमआइसोलेसनका नाममा घरमै बस्ने गरेका छन । त्यस्तै अनुगमन टोलीले संक्रमित घरमा बस्ने र आइसोलेसन खाली हुने अवस्था आउन नदिनको लागि स्थानीय सरकार जिम्मेवार हुनु हुनु पर्नेमा जोड दिएका छन ।

कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दोस्रो चरणको कोरोना घातक भएको भन्दै उच्च सतर्कता अपनाउनको लागि आग्रह गरेका छन ।उनले कोरोना संक्रमण दर बढिरहेको छ । दैनिक दिन मृतकको संख्या बढिरहेको छ ।स्थानीय सरकार चनाखो बन्दै साधनस्रोतको व्यापक परिचालन र प्रयोग गरेर संक्रमण फैलन नदिनका लागि सावधानी अपनाऔँ । स्थानीयतहमा भइरहेको तयारी सन्तोषजनक रहेको बताउँदै मन्त्री भण्डारीले संक्रमित होमआइसोलेसनका नाममा घरमा बस्ने कार्यलाई निरुत्साहित बनाउनु पर्नेमा जोड दिएका हुन ।