लकडाउन सत्रु होईन ,कोरोना सत्रु हो , भन्ने बुझौ ः प्रजिअ थापा


जुम्ला ः कोरोना जितेर घर फर्किएका मान्छे भन्छन पीडा भनीसाध्य छैन, सहयोगी बन्यो सकारात्मक सोच र उच्च मनोबलले मात्रै बाँच्न सफल भए । जुम्लाका प्रमुख जिल्ला अधिकारी भेपेन्द्र थापा दुई पटक कोरोना संक्रमित भएका ब्यक्ति हुन । उनी दुबै पटक कोरोना जित्न सफल भएका हुन । उनी केही समय प्रतिष्ठानमा बेसर होम आइसोलेशनमा बसेपछि कोरोनालाई जितेका हुन । उनले भने ,गत वर्ष पनि कोरोनाबाट संक्रमाण भए । तर दोस्रो लहरले आफू र आफ्नो परिवारका सदस्यलाई नछाडेको उनको भनाइ छ।

‘मेरा लागि आवश्यक औषधि स्वास्थ्यकर्मी संग परामर्श भयो। केही औषधिको ल्याइयो, मनमा नराम्रो सोचहरु आउने आत्माबल कम्जोर हुने अवस्था हुन्छ । उनले भने , कोरोना सत्रु हो , लकडाउन सत्रु होईन भन्ने, कुरा आम नागरिकले बुझ्न जरुरी छ । प्रजिअ थापा भन्छन , कोरोनाको औषधि लकडाउन हो । त्यसैले कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जुम्लामा मास टेस्टिङलाई प्राथमिकता दिने भएको छ । यहाँका सबै स्थानीय तहमा कृषि कर्म लगायत अन्य गतिविधि सञ्चालन गर्नु पर्ने भएकोले मास टेस्टिङका लागि तत्काल आरडिटी र एन्टिजेन खरिद गर्ने निर्णय गरेको प्रजिअ थापाले बताए । उनले भने ,तत्काल यहाँका सबैको कोरोना परिक्षण हुन आवश्यक छ ।

जिल्लामा उपलब्ध हुने अक्सिजन र खाद्यको बैंक स्थापना गरेर संकट व्यवस्थापन केन्द्रको निर्णयका आधारमा वितरण गर्ने समेत बैठकले निर्णय गरेको छ । अब जिल्लामा आउने अक्सिजन र खाद्यन्न सबै संकट व्यवस्थापन केन्द्रको माताहत रहने गरि संकलन हुने छ ।आवश्यक परेको स्थानीयतहमा वितरण गर्ने व्यवस्था मिलाइने भएको छ । बैठकले जिल्ला भित्र तीब्र रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण गर्न थप १० दिन निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय गरेको हो । जसअन्र्तगत जेठ ११ गते राति १२ बजेदेखि जेठ २२ गते सम्म निषेधाज्ञा जारी रहनेछ ।

(डिसीसीएमसी) को बैठकले आगामी दिनमा तीब्र रुपमा संक्रमण फैलन गई मानवीय क्षति हुन सक्ने देखिएकोे सबै जिल्लाबासीलाई खोप उपलब्धताका लागि केन्द्र सरकार, प्रदेश सरकार र अन्य सहयोगी निकायलाई सहयोग गर्न अनुरोध गर्ने निर्णय समेत गरेको छ ।हरेक स्थानीय तहमा सञ्चालित कोभिड अस्पताल र आइसोलेसन सेन्टर व्यवस्थापनका लागि स्थानीयतहको प्रमुखको नेतृत्वमा समिति गठन गर्ने निर्णय भएको छ ।
जसमा संयोजक स्थानीय तहका अध्यक्ष वा प्रमुख रहनेछन भने ,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, स्थानीयतहमा खटिएका सुरक्षा प्रमुख,स्थानीयतह स्वास्थ्य शाखा प्रमुख,सम्बन्धित आइसोलेसन रहेको वडाका अध्यक्ष र नागरिक समाजको अध्यक्ष सदस्य रहनेछन ।

सदस्य सचिवको रुपमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत हुने छन । बैठकले स्थानीय तहको प्रवत्ता वा उपाध्यक्षको संयोजकत्वमा कोभिड १९ रोकथाम र नियन्त्रणका लागि जनचेतना फैलाउनका लागी प्रचार प्रसार समिति गठन गरि परिचालन गर्ने निर्णय गरेको छ ।यो समितिमा उपाध्यक्ष वा उप्रप्रमुख संयोजक,सम्वन्धित वडाको अध्यक्ष,स्थानीयतहको स्वास्थ्य शाखाको प्रमुख,स्थानीय सञ्चारकर्मी सदस्य रहनेछन । नगरपालिका वा गाउँपालिकाको वडा सचिव सदस्य सचिव हुनेछन ।

कोभिड १९ संकट व्यवस्थापन समन्वयात्मक रुपमा अघि बढाउन नीजि क्षेत्रबाट उद्योग बाणिज्य संघ जुम्लाका अध्यक्ष रजब अलिमनिहार र गैरसरकारी संस्था महासंघका अध्यक्ष अमर रोकायालाई आमन्त्रित सदस्यका रुपमा सहभागि गराउने निर्णय भएको हो । जुम्लाका आठ वटै स्थानीय तहमा सञ्चालित कोभिड १९ अस्पताल र आइसोलेसन सेन्टर व्यवस्थापनका बारेमा समिक्षा समेत गरिएको थियो ।

 

 

सम्बन्धित समाचार