कोरोन बाट जुम्लाका एक जनाको मृत्यू

जुम्ला ः कोरोना संक्रमणका कारण जुम्लाका एक जनाको मृत्यू भएको छ । जुम्ला हिमा गाउँपालिका ७ निवासी ५७ बर्षिय एक पुरुषको मृत्यू भएको जिल्ला प्रहरी कार्यालयले जानकारी छ । प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार जुम्लाका पहिलो विरामीको मृत्यू भएको हो । अघिल्लो साता कालिकोट तिला गुफा नगरपालिकाका ६७ बर्षिय कोरोना संक्रमितको मृत्यु भएको छ । यसै साता सुर्खेत घर भई कालिकोटमा व्यवसाय चलाउदै आएका ३८ बर्षिय एक युवकको मृत्यु भएको थियो । त्यस्तै मंगलबार कालिकोट तिलागुफा नगरपालिकाका ८० बर्षियएक संक्रमितको बिहान मृत्यु यो ।उनिहरु चारै जनाको मृत्यु कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भएको हो ।

यता कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका प्रवक्ता डाक्टर रमेश भट्टराईका अनुसार तिपुरुषको वुधवार विहान उपचारको क्रममा मृत्यू भएको छ । उनले भने , पहिले देखीनै दम रोगले ग्रसित थिए । मृत्यूदर बढ्न थालेपछि जुम्लामा त्रास फैलिएको छ । लामो समयदेखी निषेधाआज्ञा गरिएको जुम्लामा १० दिन पुन थपिएको छ । विहान ९ बजे सम्म अत्यावश्यक बस्तु तथा कामका लागि स्थानीय प्रशासनले जिल्ला कोभिड संकट व्यवस्थापनको निर्णयको सुझाव अनुसार लकडाउन गरेको छ । यस अघि औषधी वाहेकका सवै ठप्प सहितको निषेधाज्ञा भएपछि दुध तरकारी, वैंक वित्तिय संस्थाका कामहरुमा प्रभावित भएको बताईएको छ ।