जुम्लामा संक्रमितको संख्या ३ सय ५२ पुग्यो, १यस २५ जनाले जिते कोरोना
जुम्ला ः जुम्लामा संक्रमितको संख्या ३ सय ५२ पुगेको छ । वैशाख पहिलो सातादेखि यता जुम्लामा कोरोना संक्रमितको संख्या ३ सय ५२ पुगेको हो । १यस २५ जनाले कोरोना जितेर घर फर्किएका छन। जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांक अनुसार ७६ जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पिसिआर परीक्षण गर्दा ८ जनालाई संक्रमण देखिएको छ ।४ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको प्रशासनले जनाएको छ । संक्रमणबाट निको हुनेको संख्या १ सय २५ जना रहेका छन्, भने अस्पतालमा उपचारतार्थ २३ जना रहेका छन् ।
कर्णालीमा डेढ लाख एन्टिजेन किट उपलब्ध हुने
कर्णालीमा डेढ लाख एन्टिजेन किट उपलब्ध हुने भएको छ । पछिल्लो समय कर्णालीमा कोरोना संक्रमण फैलिएपछि परीक्षणको दायरा बढाउन कर्णाली प्रदेशमा डेढ लाख एन्टिजेन किट आउने भएको हो । सरकारले कोरोना परीक्षणका लागि सबै प्रदेशमा कम्तीमा १लाख एन्टिजेन पठाउने निर्णय गरेपछि कर्णालीमा पनि १ लाख ५० हजार किट कोरोना परिक्षणको लागि एन्टिजे कर्णालीमा आउन लागेको हो। जुम्ला लगायत कर्णालीका १०जिल्लामा यो किट वितरण हुने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलका अनुसार कर्णालीमा १ लाख ५० हजार किट पठाइन लागेको हो । एन्टिजेनको सदुपयोग र कन्ट्याक्ट ट्रेसिङलगायत आवश्यक पर्ने स्थानमा सम्बन्धित प्रदेशका स्वास्थ्य निर्देशनालय, मेडिकल स्टोर, जिल्ला जनस्वास्थ्य कार्यालयले स्थानीय तहको समन्वयमा टोलटोलमै पुगेर एन्टिजेन परीक्षण गर्ने योजना रहेको उनले बताए ।
मुगु छायानाथमा निःशुल्क परीक्षण
मुगुको छायानाथ रारा नगरपालिकाले नगरबासीको कोरोना परीक्षण निःशुल्क गर्ने भएको छ । यसअघि ८ सय किट ल्याएको नगरपालिकाले अहिले निःशुल्क कोरोना परीक्षण गराइरहेको छ । मुगुमा अहिले १ सय ९७ जना कोरोना संक्रमित पुष्टि भएका छन् । यीमध्ये १ सय ४३ जना सक्रिय संक्रिमत छन् भने ५४ जना निको भई घर फर्किइसकेको जिल्ला अस्पताल मुगुले जानकारी दिएको छ ।








