पातारासी र गुठीचौरमा बनाएका आइसोलेसन र कोभिड अस्पतालको अनुगमन

जुम्ला ः जुम्लाको गुठिचौर गाउँपालिका र पातारासी गाउँपालिकामा बनेका आइसोलेसन र कोभिड अस्पतालको अनुगमन भएको छ । दुइ पालिका बनेका आइसोलेसन र कोभिड अस्पतालको कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीको नेतृत्वको टोलीले अनुगमन गरेको हो । अनुगमनमा आइसोलेसनको प्रयोगको अवस्था, व्यवस्थापन र कोभिड अस्पताल सञ्चालनको अवस्थाको बारेमा जानकारी लिएका हुन । त्यस्तै गुठिचौर गाउँपालिकामा ४० बेडको आइसोलेसन बनाइएको थियो । १० बेड थपेर ५० बेडको आइसोलेसन बनाउन लागिएको गुठिचौर गाउँपालिकाका अध्यक्ष हरीबहादुर भण्डारीले बताए । उनका अनुसार आइसोलेसन बेड निर्माण, आइसोलेसनमा बस्ने संक्रमितको व्यवस्थापन,उपचार र रेखदेख सबैको व्यवस्था भइसकेको छ ।
संक्रमित आइसोलेसनमा बस्न मान्दैनन
गुठीचौरमा अहिले सम्म संक्रमित आइसोलेसनमा नबसेका बताए । गुठिचौरमा हाल सम्म संक्रमितको संख्या १७ पुगेको छ । तर एक जना संक्रमित पनि आइसोलेसनमा बसेको छैन । अध्यक्ष भण्डारीले भने,‘संक्रमित आइसोलेसनमा बस्न मान्दैनन् । सबै होमआइसोलेसनमै बसेका छन । होम आइसोलेसनबाट संक्रमण फैलने खतरा बढेकोले अब देखिने संक्रमित सबै आइसोलेसनमा ल्याउने तयारी भइराखेको छ । ’अध्यक्ष भण्डारीले एउटा आइसोलेसनमा चाहिने आवश्यक सबै सामाग्री संकलन तथा व्यवस्थापन गरिएको छ ।
त्यस्तै गुठिचौरमा आइसोलेसन बनेको भएपनि प्रयोग नगरेको भेटिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने ,गुठिचौर गाउँपालिकामा रहेको कोभिड अस्पतालमा अक्सिजन सहितको व्यवस्था गरिएको थियो । अहिले सम्म संक्रमित भर्ना नभएको र अक्सिजन लगाउनु नपरेको प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए ।
अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा
ठुीचौरमा आइसोलेसन बनेको छ । प्रयोगमा आउन सकेको छैन । अक्सिजन सहितको कोभिड अस्पताल सञ्चालनमा छ । बिरामी भर्ना गरेर उपचार गर्नु परेको छैन । ’ प्रमुख प्रशासकीय अधिकृत देवकोटाले भने ,गाउँगाउँमा कोभिड विरुद्धको सचेतना फैलाएर संक्रमितलाई आइसोलेसनमा बस्ने वातावरण सिर्जना गर्ने कार्य भइरहेको बताए । गुठिचौर गाउँपालिकाले १० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याएकोछ । ५ वटा अक्सिजन सिलिण्डर तयारी अवस्थामा राखेको छ ।२५ वटा सिलिण्डर खरिद गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ।
त्यस्तै पातारासी गाउँपालिकाले समाजशास्त्री डोरबहादुर बिष्टले बनाएको कर्णाली इन्ष्टिच्युडमा कोभिड अस्पताल र आइसोलेसन बनाएको छ । एकान्त भएकोले संक्रमित र संक्रमितको उपचार सहज हुने गरि एउटै भवनमा कोभिड अस्पताल र आइसोलेसन बनाएको हो ।गाउँपालिकामा ५० बेडको आइसोलेसन र ५ बेडको कोभिड अस्पताल बनिसकेकोछ । स्वास्थ्य तथा सुरक्षा मापदण्ड अनुसार बनेको आइसोलेसन र कोभिड अस्पतालमा संक्रमित छैनन । हाल सम्म गाउँपालिकाभरी ३६ जना संक्रमित छन ।

कोही पनि आइसोलेसनमा बसेका छैनन । सबै होमआइसोलेसनका नाममा घरमै बस्ने गरेको अध्यक्ष लछिमान बोहोराले बताए । उनले भने,‘संक्रमित सामान्य रुघाखोकी भएको भन्दै आइसोलेसनमा आउन मान्दैनन् । अब अस्पतालको रिर्पोट अनुसार संक्रमित देखिएका सबैलाई आइसोलेसनमा राख्छौँ । लक्षण दे लगिएको बताउँदै अब गाउँपालिका भरी मेडिकल मार्च सञ्चालन गर्ने तयारी भइरहेको बताए । खिएका बिरामीको कोभिड अस्पतालमा उपचार गराउँछौँ । ’

त्यस्तै अनुगमन टोलीले संक्रमित घरमा बस्ने र आइसोलेसन खाली हुने अवस्था आउन नदिनको लागि स्थानीय सरकार जिम्मेवार हुनु हुनु पर्नेमा जोड दिएका छन । कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले दोस्रो चरणको कोरोना घातक भएको भन्दै उच्च सतर्कता अपनाउनको लागि आग्रह गरेका छन ।उनले कोरोना संक्रमण दर बढिरहेको छ । दैनिक दिन मृतकको संख्या बढिरहेको छ । स्थानीय सरकार चनाखो बन्दै साधनस्रोतको व्यापक परिचालन र प्रयोग गरेर संक्रमण फैलन नदिनका लागि सावधानी अपनाऔँ । ’ स्थानीयतहमा भइरहेको तयारी सन्तोषजनक रहेको बताउँदै मन्त्री भण्डारीले संक्रमित होमआइसोलेसनका नाममा घरमा बस्ने कार्यलाई निरुत्साहित बनाउनु पर्नेमा जोड दिएका हुन ।
स्थानीय सरकार जिम्मेवार हुनु हुनु पर्छ ः प्रजिअ थापा
प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले तयारी अवस्थामा रहेको आइसोलेसन खाली गरेर संक्रमित घरमा बस्नु राम्रो नभएको बताए । उनले भने,‘स्थानीय स्तरमा जनचेतनाका हरेक उपाय अबलम्वन गरेर भएपनि संक्रमितलाई आइसोलेसनमा राख्नु र कोभिड अस्पतालबाट चिकित्सकीय सेवा प्रवाह गर्नु अहिलेको आवश्यकता छ । ’अनुगमनमा पुर्व आन्तरिक मामिला तथा कानुनमन्त्री भण्डारी,कर्णाली प्रदेश जुम्ला(ख) का सांसद पदमबहादुर महत, नेपाली सेना श्री नम्बर २४ बाहिनी अड्डाका बाहिनीपति यमबहादुर सापकोटा,प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा,सशस्त्र प्रहरीका एसपी गगन श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी दानबहादुर थापा,नन्दबक्स गणका गणपति दिवाकर रायमाझी, राष्ट्यि अनुसन्धान प्रहरीका प्रमुख लगायत स्वास्थ्यकर्मीहरुको सहभागीता रहेको थियो ।