प्रतिनिधिसभा विघटनविरुद्ध जुम्लामा क्रियासिल राजनैतिक दलहरुको द्धारा संयुक्त प्रेस विज्ञप्ती जारी

जुम्ला ः प्रतिनिधिसभा विघटनको विरुद्धमा जुम्लामा क्रियासिल राजनैतिक दलहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति बिद्यादेवी भण्डारीले ,निर्वाचनको नाटक गराई आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुरासय घोषणा गरिएको भन्दै जुम्लाका क्रियासिल राजनैतिक दलहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका हुन । नेपालको संविधानको धारा ७६ को उपधारा ३ बमोजिम पधानमन्त्री नियुक्त भएका केपी ओली द्वारा सोही धाराको उपधारा ४ बमोजिम ३० दिन भित्र विश्वासको मत लिनु पर्ने बाध्यकारी प्राबधानको उल्लघन गर्दै धारा ५ बमोजीमा प्रधानमन्त्री नियुक्त हुनु पर्ने सिफारिस राष्टपतिलाई गरियो ।
त्यस्तै संविधानको संरक्षणको जिम्मेवारी बोकेको राष्टपतिबाट समेत गलत मनसायका साथ एकदिनको मात्र समय दिएर नयाँ प्रधानमन्त्रीका लागि आधार सहित आउन आब्हान गरियो । ओली ले सोही दिन पत्रकार सम्मेलन गरि के पी ओली आफुसंग बहमत नभएकाले बहुमत पु¥याएर सरकार गठन गर्न विपक्षी दलहरुलाई ललकार्दै आफले मार्ग प्रसस्त गरेको नाटक मंचन गरि रहेका थिए । भने अर्को तिर आफलाई १५३ , जना सांसदको समर्थन रहेको कत्य कागज बोकेर शितल निवास पुगेका थिए । यसबाट जुन सुकै तरिकाले पनि सत्तामा टिकीरहने ओलीको फासिवादी चरित्र पष्टि भएको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्दा बहुमत र अर्को सरकार गठन हुने विकल्प यथावत् रहेको हुदै भएपछि त्यसलाई नजरअन्दाज गरिएको भन्दै जुम्लाका क्रियासिल राजनैतिक दलहरुले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका हुन । उनिहरुले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ,नेपालको संविधान र लोकतन्त्र को रक्षाकालागि प्रतिनिधि सभालाई जोगाइ राख्नकालागि देशका जिम्मेवार राजनैतिक दलहरुका बहुमत १४९ जना माननीय संसदहरुको हस्ताक्षर सहित नेपाली काग्रेसका सभापति माननीय शेर बहादुर देउवालाई प्रधानममत्रीको पदमा नियुक्तिकालागि धारा ५ बमोजिमकै स्पष्ट आधार सहित दावी प्रस्तुत गरिएको थियो । दलहरुबाट विधि सम्मत पेश गरिएको दावि माथि सम्बिधानत निर्णय गरि श्री देउवालाई प्रधान मन्ती नियुक्ति गर्नु पर्ने संवैधानिक दायित्व राष्टपतिवाट पुरा भएन ,उल्टै के पी ओलीसंगको मिलिभगतमा बदनियतपूर्वक कृतिम विवाद खडा गरि संविधानको मर्ममाथि प्रहार गर्दै दोश्रो पटक मध्य रातमा प्रतिनिधि सभा विघठन गरियो ।
निर्वाचनको नाटक गराई आफ्नो निरंकुश सत्ता लम्ब्याउने दुरासयबाट घोषणा गरिएको निर्वाचनले कोरनाको महामारी बाट आक्रान्त देशबासीको जीवनलाई झन गम्भीर संकटमा धकेली दिएको छ । ओली सरकारकै गैह जिम्मेवारी, भष्टाचार र अकर्मण्यताका कारण द्रुत गतिमा फैलिएको महामरीमा अक्सीजन भेन्टीलेटर, र आई सी यु को अभावमा जनता छटपटाइ रहेका छन । प्रतिदिन सयौं जनता मरिरहेका छन । देशको सम्पूर्ण बजेट महामारी विरुद्ध लगाई जनता बचाउनु पर्ने बेला बेमौसमी चुनावमा देशलाई धकेल्नु देश द्रोह नै हो ।
हामी यस जनविरोधी प्रतिगामी कदमको घोर भ्रत्सना गर्दछौ। जननिर्वाचित प्रतिनिधि सभा लााई आफ्नो अभिष्ट पूरा गर्ने गरि विघटन गर्ने राष्ट्रपति र प्रधानमंत्रीको यो असंवैधानिक अलोकतान्त्रीक , प्रतिगामी कदमका विरुद्ध शसक्त रुपमा प्रतिवाद गर्ने विपक्षी लदहरुको केन्द्रीय निणर्यलाई स्वागत गर्दै संघर्षका जुनसुकै मोर्चामा दृढताका साथ अघि बढ्न हामी जुम्लामा त्रियासिल राजनैतिक दलहरु प्रतिबद्ध गरेका छन ।
यस प्रतिगामी कदमका विरुद्धमा एक जुट भई नेपाली जनताको लामो संघर्ष र बलिदानबाट स्थापित नेपालको संविधानमा अन्तरनिहित संघीय लोकतान्त्रीक गण्तन्त्र , समानुपातिक र समावेशी लोकतन्त्र र देशको सर्वपरि राष्ट्रिय हितकोलागि दृढतापूर्वक अगाडी बढ्न आम जुम्ली जनसमुदायमा हार्दिक अपिल गर्दछौ।हस्तक्षेर गर्नेमा दीपबहादुर शाही नेपाली काँग्रेसका सभापती ,वीरबहादर कुवर अध्यक्ष नेकपा माओबादी केन्द्र ,तिर्थबहादुर बढा अध्यक्ष नेकपा एमाले ,उमाशकर न्यापाने अध्यक्ष जनता समाज बादी पाटी लागयतले प्रतिनिधिसभा विघटनको विरुद्धमासंयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन ।








