अध्यादेशमार्फत बजेट ल्याउछौंः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ मा अध्यादेशमार्फत बजेट ल्याउने तयारी भएको बताए । आइतबार बालुवाटारमा पत्रकारहरुसँग कुराकानी गर्दै ओलीले अध्यादेशबाट १५ गते बजेट ल्याउने बताए ।

आफ्नो सरकारले घोषणा गरेका नीतिहरु कार्यान्वयन गर्ने र विकासलाई प्राथमिकता दिइने गरी बजेट आउने उनले बताए । उनले भने ‘यो वर्षको बजेट कोभिडमा केन्द्रित हुन्छ , विकासका साह्रै ठूला आकांक्षा राख्दैनौं ।’

सम्बन्धित समाचार