नागरिकको भरोसा बन्दै ,कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान

दिलमाया शाही
जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले कोरोनाको दोस्रो लहरको रोकथाम तथा नियन्त्रण संगै विशेषज्ञ सेवा थप गरेको छ । प्रतिष्ठानले छातिरोग विशेषज्ञ सेवा,स्नायुरोग विशेषज्ञ सेवा,नाक,कान,घाँटी सेवा र छालारोग विशेषज्ञ सेवा थप गरेको हो । यति बेला प्रतिष्ठान लागि सबैको भरोसाको केन्द्र बन्दै गएको छ । कोरोना संक्रमण रोकथामका लागि कर्णाली प्रतिष्ठानले कर्णालीका विभिन्न जिल्लामन विषशज्ञ चिकित्सक परिचालन गरेको छ । साविक कर्णालीका मुगु,कालिकोट,हुम्ला, डोल्पा र जुम्लाका आठै स्थानीयतह, पश्चिम रुकुम र बाँके जिल्लामा कर्णालीमा उत्पादित विज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मी उपचारका लागि पठाइएको कर्णाली प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराइले बताए । उनले शुक्रबार पत्रकार सम्मेलन मार्फत नाक,कान,घाँटी,स्नायु,छाति र छाला रोगको उपचार पनि जुम्लामै हुन बताएका हुन ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका प्रवक्ता डा भट्टराई कोरोना विरुद्धको लडाईमा कर्णाली प्रतिष्ठानको झण्डै दुई दर्जन जनशक्ति परिचालन भएको बताए । उनले भने , मुगुमा सहायक प्रध्यापक डा.सिद्धार्थ ध्वज खाती र मेडिकल अधिकृत डा. रेखा कार्की खटिएका छन ।
त्यस्तै कालिकोटमा सहायक प्रध्यापक डा. रिबिन खापुङ र डा.सुबि बस्न्यात,हुम्लामा सहायक प्रध्यापक डा ःमाणिक न्यौपाने र ओटि सहायक राजबहादुर खत्री,डोल्पामा लेक्चर डा.अभिसेक ठाकुर र सिनियर अहेब कर्मेन्द्र न्यौपाने खटिएका छन । पश्चिम रुकुममा सह प्रध्यापक डा.अनुप मंगल समाल र लेक्चर सिला थापा खटिएका छन । बाँकेमा सह प्रध्यापक प्रविण गिरीको नेतृत्वमा ६ जनाको चिकित्सक टोली पठाइएको छ । प्रतिष्ठानले जुम्लाका सबै स्थानीय तहमा रहेका कोभिड अस्पतालमा एक एक जना चिकित्सक खटाएर उपचार सेवा प्रदान गरिरहेको छ ।
पहिलो लहरको कोरोना नियन्त्रण र उपचारमा राम्रो भुमिका निर्वाह गरिरहेको कर्णाली प्रतिष्ठानले दोस्रो लहरमा पनि आफुलाई अब्बल सावित गर्न कसरत गरिरहेको छ । प्रवक्ता डा ःरमेश भट्टराईले कोरोना नियन्त्रण र उपचारमा कुनै कसुर बाँकी नरहने बताए । यस अघि उपचारका लागि भौतारिने कर्णालीले प्रतिष्ठाने स्थापना भएपछि कोरोना महामारीको समयमा देशकै भरोसाको केन्द्रका रुपमा आफुलाई विकास गर्न पुगेको छ । प्रतिष्ठानमा १२ बेडको आइसियु,२४ बेडको एचडियु,तथा ८४ शैया गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. राजिव शाहले बताए ।
हाल अक्सिजन प्लान्टबाट र १ सय १० अक्सिजन सिलिण्डरले अक्जिसनको व्यवस्थापन भइरहेको छ । उनले भने , विरामीको चाप बढ्दो क्रममा छ । प्रदेश सरकार संग समन्वय गरेर थप ३ सय ६० सिलिण्डर खरिद प्रक्रिया शुरु भइसकेको छ । केन्द्र सरकार संगको समन्वयमा थप अक्सिजन प्लान्ट र बुस्टर खरिद गरि अक्सिजनको व्यवस्थापन गर्न लागि परेको छ ।प्रतिष्ठानले पिसिआर जाँच, गाउँगाउँमा चिकित्सक खटाउने कार्यलाई निरन्तरता दिइरहेको छ । ढुक्क भएर उपचार गर्ने बातावरण सिर्जना हुदैँछ ’प्रवक्ता भट्टराइले भने , प्रतिष्ठानको भर्खरै सम्पन्न बैठकले प्रतिष्ठानको बजेट अनुमोदनका साथै रिक्त रहेका सभासदस्य,प्राज्ञिक परिषदको सदस्यहरुको नियुक्ती गरेको समेत जानकारी दिए ।








