जुनिचाँदे गाउँपालिका ज्वरोले प्रभावित, स्थानीय तह रमिते

दिलमाया शाही
जुम्ला ः जाजरकोट जिल्लाको पश्चिम उत्तरमा अवस्थित जुनीचाँदे गाउँपालिका ज्वरोले प्रभावित बनेको छ । साविक मजकोट, दह, कोर्ताङ्ग र गर्खाकोट गाबिस गाबिएर बनेको जुनिचाँदे गाउपालिकाका ११ वटै वडा यतिबेला ज्वरोले प्रभावित बनेका हुन । सबै भन्दा बढी प्रभाबित जुनचिाँदेगाउपालिकाको ६वडा रहेको छ ।
ज्वरो आउने, टाउको दुख्ने ,खोकी, लाग्ने छाती दुख्नेलगायतका लक्षण देखिने बिरामीको संख्या बढिरहेको स्थानिय दल बहादुर शाहीले बताए । उनले भने ,गाउँभरि ज्वरो र रुघाखोकीका बिरामी बढ्दा पनि सरोकारवाला निकायको ध्यान पुगेको छैन । शाहीका उनका अनुसार ६ वडामा मात्रै होइन जुनचाँदेगाउँपालिका भरीनै ज्वरोलेथला परेको छ ।’ यसरी कोरोनाको महामारीले बिश्वनै आक्रन्त पारेको बेला जुनिचाँदेमा ज्वरोका बिरामी तिव्रगतिमा बढीरहदा गाउँ नै त्रसित अवस्थामा छ ।
समयमै रोगको पहिचान र निदान नभए गाउँ नै संक्रमण हुने डर देखिएको छ । त्यहाका ‘गाउँले अहिले निकै डराएका छन । यसरी अज्ञात रोगले तीव्र रुप लिएपछि स्थानिय त्रसित हुन पुगेका हुन । कोरोना भाइरसको जस्तै लक्षण देखिएकाले स्थानीय त्रसित रहेको दलबहादुर शाहीको भनाईछ । ‘सामान्य ज्वरो, रुघाखोकी र टाउको नदुख्ने समस्या नभएको कोही छैन,’ उनले भने ,‘बच्चादेखि वृद्धवृद्धा सबै प्रभावित छन्।’ गाउपालिका भरीनै ज्वरोका बिरामी भरीभराउ हुदा समेत स्थानीय सरकार उपचारमा सहयोग गर्नुको साटो टुलुटुलुहेरी बस्ने रमिते बनेको नागरिकको गुनासो छ ।
त्यस्तै जुनीचाँदे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक कुमार शाहीले ,जुनचाँदेका बासिन्दा ज्वरो र रुघाखोकीले थला परेको स्वीकारेका छन । उनले भने , हाम्रो गाउपालिकामा प्रथामिक स्वास्थ्य केन्द्र, र स्वास्थ्य चौकी गरेर २२ वटा स्वास्थ्य संस्था छन । हाम्रीले सबै स्वास्थ्य क्षेत्रका कर्मचारीलाई ,नागरिकको स्वास्थ्य समस्या लाई पहिलो प्रथामिकतामा राखेर उपचार गर्न गाँउगाउ खठाएका छौ । उनले भने , कोरोना हो कि अन्य भाइरल रोग हो छिट्टै पहिचान गर्ने व्यवस्था मिलाइने छ ।
प्रमुख प्रशासकीय अधिकृत शाहीले भने, ज्वरोका बिरामीको संख्या बढ्दै गएकाले गाउँपालिकाले ११ वटा वडामा वडा अध्यक्षको नेतित्वमा स्वास्थ्यकर्मीको टोली उपचारको लागी परिचालन गरिएको छ । ज्वरोले सबै भन्दा बढी प्रभाबित बालबालिका र बृद्धबृद्धा भएका छन् ।यसको रोकथामका लागि आवश्यक औषधि र स्वास्थ्यकर्मी परिचालन जस्ता व्यवस्थापन नगरेको खण्डमा रोगले गाउँ नै प्रभावित हुने निश्चित छ । जाजरकोट जिल्लामा पर्ने जुनी चाँदेगाउपालिका पूर्वमा कुशे गाउँपालिका, पश्चिममा दैलेख जिल्ला, उत्तरमा कालिकोट र जुम्ला जिल्ला, र दक्षिणमा छेडागाड नगरपालिकाको विचमा रहेको छ । २०६८को जनगणना अनुसार जुनिचाँदे गाउँपालिकाको जनसङ्ख्या २१ हजार ७ सय ३३ रहेको छ ।








