द्धन्द पिडित र घाईतेले विउ पुजि अनुदान पाउने


जुम्ला ः जनआनदोलन, जनयुद्ध, तथा प्रदेश स्थापाना आन्दोलनका घाईते,तथा अपाङ्ग, सहिद परिवारका सदस्यले विउ पुजि अनुदान पाउने भएका छन । विउ पुजि अनुदान कर्णाली प्रदेश सरकार भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, कृषि विकास निर्देशनालय ,अन्तरगत्त जुम्लाको कृषि बिकास कार्यालय मार्फत पाउने भएका हुन । कृषि विकास कार्यालय जुम्लाको आव २०७७÷०७८ को स्वीकत कार्यक्रम अनुसार जनआन्दोलन, जनयुद्ध र प्रदेश स्थापनाको, आन्दोलनमा घाईते, तथा सहिद परिवारका सदस्य लाई आय आर्जन कार्यक्रम संञ्चालन गर्नका लागी विउ पुजि अनुदान उपलब्ध गराउने कार्यक्रम रहेको कषि विकास कार्यालय जुम्लाका प्रमुख ,बालकराम देबकोटाले बताए । उनले भने , जुम्लाका हरेक स्थानियतहले समूह गठन गर्ने छन । उनिहरुले गठन गरेको समुहले तिन जनाको नाममा खाता संञ्चालन हुने छ । प्रमुख देवकोटाले भने , सम्बन्धित स्थानियतहले सिफारिस गरि पठाएका ब्यक्ति द्धन्द पिडित हुन वा होइन भनेर कृर्षि बिकास कार्यालयले सत्य तत्थ्य छानविनको लागी कागजजात हेर्ने छ । स्थानियतहले द्धन्दपिडित हुन, भनेर सिफारस दिने ब्यक्ति जुम्ला प्रशासनबाट द्धन्दपिडितको प्रमाण पत्र पाएको हुनु पर्ने छ ।

कृर्षि बिकास कार्यालयले सुचना प्रसारण तथा प्रकासन , भएको मितिले १५ दिन अर्थात जेठ १६ गते भित्र प्रमाण सहित आवेदन पेस गर्न हुन अनुरोध गरेको छ । जनआनदोलन, जनयुद्ध, तथा प्रदेश स्थापाना आन्दोलनका घाईते,तथा अपाङ्ग, सहिद परिवारका सदस्यले विउ पुजि अनुदान पाउने रकम १ करोड , ५२ लाख रहेको छ । यसबाट सम्बन्धीत स्थानियतहले गठन गरेको अधिकारीक समुहको खातामा कृर्षी कार्यालयले रकम जुम्म गर्ने छ । एक जना ब्यक्तिले रु ३० हजार बिउपुजी अनुदान पाउने छन । उनिहरुको आय आर्जनका लागी दिइएको यो रकम द्धन्द पिडितले आफ्नो स्वइच्छाले खर्च गर्न पाउने छन । आवेदनका लागी चाहिने आधिकारीक प्रमाण खुल्ने आवश्यक कागजातहरु अनिबार्य ल्याउनु पर्ने कषि विकास कार्यालय जुम्लाका प्रमुख ,बालकराम देबकोटाले बताए ।