युवा संघ नेपालले कोराना महामारीमा १० हजार स्वयं सेवक परिचालन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको विरुद्धमा आम नागरिकलाई सहयोग गर्न देशैभरी १० हजार स्वयंसेवक परिचालन गर्ने भएको छ ।

आफू सुरक्षित रहदै बिभिन्न क्षेत्रमा सहयोग गर्ने उद्देश्यले १० हजार स्वयंसेवक परिचालन गर्ने आज जारी गरेको विज्ञप्तीमा जनाएको छ ।

युवा परिचालन तथा व्यवस्थापनका लागि केन्द्रमा केन्द्रीय कोभिड–१९ केन्द्रीय समन्वय समितिले संयोजन गर्ने र मातहतमा जिल्ला कमिटी तथा स्थानीय तह (पालिका स्तरीय) कमिटीले स्वयंसेवकको व्यवस्थापन एवं परिचालन गर्ने युवा संघ नेपालले जारी गरेको वक्तव्यमा बताएको छ ।

युवा संघका अध्यक्ष नरेश कुमार शाहीद्धारा हस्ताक्षरित विज्ञपतीमा भनिएको छ ‘कोभिड १९ एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्ने अवस्था, यसबाट बच्ने उपायहरु, सरकारले जारी गरेको प्रोटोकल, व्यक्ति र समुदायले अपनाउनु पर्ने सावधानी जस्ता सूचनामुलक जानकारीहरु प्रवाह गर्ने, सामाजिक सञ्जाल, पर्चा प्रकाशन, फोन वा सञ्चारका विभिन्न माध्यम मार्फत प्रचार¬–प्रसार गर्ने छौं ।’

युवा सघले आपू सुरक्षित रहंदै अथवा सूरक्षाका उपायहरु अपनाउदै कोभिड १९ बाट प्रभावित (विरामी वा विरामीका परिवार र आफन्त) हरुलाई सहयोग गर्ने गराउने , लकडाउनको समस्यामा परि खाना अभावको समस्यामा रहेका, आकास्मिक दुर्घटना वा कोभिड बाहेकको सिघ्र उपचार गर्नुपर्ने कुनै गम्भिर विरामीहरुको समस्यामा सहयोग गर्ने छौ ।

कोभिड विरामीको उपचार र उपचार यात्राको लागि सम्बन्धित निकाय (स्वास्थ्य संस्था÷स्वास्थ्य कर्मि, प्रहरी प्रशासन र निर्वाचित जनप्रतिनीधि) हरुलाई सहयोग गर्न सक्ने कार्यमा आवश्यक समन्वय र सहयोग गर्ने युवा संघले गर्ने छ ।

कोभिड १९ को संकटमा हुन सक्ने विभिन्न कालोबजारी भ्रष्टाचार, अनियमितता, सेवा सुविधाहरुको असमान अथवा भेदभावपुर्ण वितरण जस्ता कुराहरुको सुक्ष्म सुचना राख्ने, जनताका पक्षमा आवाज उठाउने, खबरदारी गर्ने, पब्लिक अनुगमन गर्न समेत युवाले मातहतका कमिटीलाई निर्देशन दिएको छ ।
कोरोनाका कारण रोजगारी गुमाएका मजदुर, काम गर्न नसकीरहेका किसान एवं गरिव वर्गको व्यवस्थापनको लागि आवश्यक सहयोग, समन्वय गर्ने र सरकारलाई दबाब दिने योजना समेत युवासंघले बनाएको छ ।

सम्बन्धित समाचार