जुम्लामा देखियो ठुलो भैलीको रौनक


दिलमाया शाही
जुम्ला ःजुम्लामा मात्र खेलीने परम्परागत ठुलो भौलीको रौनक बढेको छ । स्थानीय परम्परा अनुसार जुम्लामा मात्रै भेली खेलिने चलन रहि आएको हो । मंसिर शुल्ल पुर्णिमाको दिन देखि ठुलो भौलो खेल्न सुरु गर्दछन । त्यसलाई ठुलो भैलो भन्ने गरिन्छ ।यसैगरि, औँसिको भोली पल्ट देखि भैलो शुरु भएको चन्दननाथ नगरपालिका –२ का संस्कृतकबिद रमानन्द आचार्यले बताए । जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि जुम्लामा यो भैलो खेल्ने चलनको शुरुवात भएको पाइएको छ । आचार्यले बडा हाकिमले भैलेरा लाई ४ पैशा र भैलेरीलाई ४ पैशा दिने चलन रहेको बताए । चन्दननाथ भैरबनाथ मन्दिरबाट भैलोको प्रसाद लिएपछि अन्य गाउँमा भैलो खेल्ने चलन रहेको उनको भनाई छ । पहिलेका भैलेराले हातमा गृह लाट्ठि बोकेर हिड्थे अनी भैली पुकार्ने बेला त्यहि लाट्ठि टेक्ने गरेको र त्यति बेला भौलो खेल्न जाने समूहका भैलेरीहरुले तलतिर घाँघरा र माथिलो शरिरीरमा चौबन्धी चौली जस्ता पैरान लगाउने रहनसहन भएको यहाँका संस्कृत जानकार बताउँछचलन थियो ।

तर पछिल्लो समयमा यस्ता पुराना पैरान लोपभएका छन । आधुनिक परिवेश अनुसार पछिल्लो सयमा त्यो चलन हराउदै गरेको आचार्य बताउछन ।उनले भने , ए आँसुबार भनेर गाउँमा पहिले भैलो खेल्ने चलन रहेको छ । त्यसलाई मागलको रुपमा पनि लय हालेर गाउने गरिन्छ । भैलोको पहिलो र दोस्रो दिन आफ्नो गाउँ भन्दा टाढाका गाउँमा खेल्ने गरिन्थ्यो भने तेस्रो र चोथौ दिन आफ्नो गाउँमा भैलो खेल्ने चलन रहेको थियो ।

चोथौ दिनसम्म भैलो खेल्ने चलन रहेपनि गाउँमा भौलो खेल्न नभ्याएका घरमा पाँचो दिनसम्म पनि भौलो खेल्ने चलन रहेको संस्कृत सम्बन्धि जानकार आचार्यको दाबी छ । ठुली भैलो शुरु भएको दिन देखि अन्तिमसम्म गाउँमा गएका पाहुनाहरुलाई भैलो छोप्ने चलन पनि रहेको छ । भैलेरा भैलेरीले पाहुनालाई छोप्ने र भैलो नदिनेलाई टोपी, झोला, घडी, ज्याकेट र अन्य सामानहरु राख्ने चलन रहेको जुम्लाका पाखा पुस्ताहरुले बताउने गरेका छन ।गाउँमा सर्वसाधारणले भौलो खेल्न आएकाहरुलाई भौलो नदिइ घरको ढोका बन्द गरेर अन्तै जाने गरेका कारणले पनि भैलो हराउँदै गएको जुम्ला बासीको भनाइ छ । जिल्लामा स्थानीय परम्पराको मान्यता बोकेको भौलोले सामाजिक सद्भाव कायम गर्न नसकेका कारण यो चलन विलय हुन पुगेको यहाँका स्थानीयवासि बताउँछन् ।

ठुली भैलोको बेला पोइल गएकी छोरी चेलीहरु सुख दुख साट्न माइती घरमा जाने गर्दछन् । चारदिन सम्म जिल्लामा विभिन्न गाउँमा भैलो खेल्ने गरिन्छ । महिला र बालबालिकाहरुले समूह बनाई भैली खेल्न सुरु गरेका छन् । केही वर्षहरुबाट कर्णाली राजमार्गमा बाटो छेकि सवारी चालकबाट भैली असुल्ने परम्परा बढेकाले दुर्घना हुने सम्भावना बढेको सवारी साधानका चलाकको दुखेसो छ । जुम्लाको साँस्कृति संग जोडीएको ठुलो भैली बिकृतिका रुपमा नलिई परम्परा संरक्षणको रुपमा लिन जुम्लाका सरोकारवाले आग्रह गरेका छन ।

सम्बन्धित समाचार