विपद् जोखिम सम्बन्धी पाठ्यपुस्तक आबश्यक छ ः मन्त्री भण्डारी

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बिद्यालय स्तरमा विपद् जोखिम व्यवस्थापन सम्बन्धी पाठ्यपुस्तक आबश्यक रहेको बताए । मन्त्री भण्डारीले जुम्लाको खलंगामा अबस्थित चन्दननाथ नमुना माध्यमिक बिद्यालयमा संञ्चालन गरिएको प्राकृतिक प्रकोप तथा बिपद् जोखिम सचेतना कर्याक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन । आन्तरिक मामिला तथा कानूनमन्त्रालय कर्णाली प्रदेश सुर्खेतको आयोजना र जिल्ला बिपद ब्यवस्थापन समिति जुम्लाको समन्वयमा चन्दननाथ माबिमा अध्यायनरत्त कक्षा ९ र १०का बिद्यार्थीलाई एक दिने बिपद जोखिम सचेतना सम्बन्धी कार्यक्रम गरिएको छ ।

मन्त्री भण्डारीले कर्णाली प्रदेशमा विपद् व्यवस्थापन नियमावली २०७६ र कणाली प्रदेश जनता आवास कायान्वयन कार्यविधि २००७६, विपद् जोखिम वीमा सम्बन्धि कार्यावधि २०७६को बारेमा जनाकारी दिएका छन । उनले भने बिपद प्रतिकार्य योजना अब रहेक नागरिकले बनाउन जरुरी छ । उनले भने , कर्णालीमा भन्दै गरेका र बनिसकेका भौतिक संरचना हेर्दा हामी सुरक्षित छैनौ । उनले भने अब पारिवारिक बिपद पुर्व तयारी योजना बनाउन आबश्यक छ । कुनै पनि आइपर्ने प्राकृतिक बिपदबाट सुरक्षित हुनको लागी अब निमार्ण हुन संरचना भूकम्प प्रतिरोध हुनु पर्छ । उनले भने प्रदेश सरकारले कर्णालीका नागरिक र राष्ट्रसेवक कर्मचारीका लागी बिपद जोखिम बिमा कार्यक्रम ल्याएको छ । कर्णालीमा अबका दिनमा प्रत्येक नागरिकले पारिवारिक विपद सुरक्षा योजना बनाउन आबश्यक छ । यसका लागी कर्णालीका बिद्यालयमा पढने बिद्यार्थीले विपद् जोखिम व्यवस्थापन सम्बन्धी पाठ्यपुस्तक अध्यायन गर्नु पर्छ । उनीहरुले पढेको कुरा घरपरिवार हुर्दै समाजमा लागु गर्नु पर्छ ।

विपद् जोखिम बीमा पूर्व तयारी,प्रतिकार्य खोज उद्धार तथा राहत वितरणका विपद् जोखिम न्यूनीकरण राष्ट्रिय रणनीतिक कार्ययोजना पूर्व सुचना प्रणाली सम्बन्धि रणनितिक कार्ययोजना र पारिवारिक विपद सुरक्षा योजनाका बारेमा जुम्लामा एक दिने प्रशिक्षण दिइएको छ । मन्त्री भण्डारीले भने कर्णालीमा ५सय वर्ष अघिदेखी ठुलो भूकम्प गएको छैन । गएको खण्डमा ठुलो धनजनको क्षेत्रिहुन सक्छ ।

जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यष तथा जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेनद्र थापाले बिपद . सम्बन्धीका तहगत संरचनाका बारेमा जनाकारी दिएका छन । उनले , विपद् प्रतिकार्य र बिपद पुर्व तयारी योजनाका लागी कर्णाली प्रदेश सरकारले नितिगत्त रुपमै ब्यवस्था गरेको छ । उनले थपे कुनै पनि बिपद बजा बजारएर आउदैनन , हामीले नायँ बन्ने र बन्दै गरेको भौतिक संरचना भूकम्प प्रतिरोधि बनाउनु पर्छ । हामी सबै यसबाट सुरक्षित हुन जरुरी छ । उनले बिभिन्न ठाउमा भूकम्पले निम्त्याएका समस्या स्मरण गर्दै भने , बिपद कतिबेला कसरी आउछ थाहा छैन । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले बिद्यालयमा यस्तो कार्याक्रम आयोजना गरेको बताए ।

सम्बन्धित समाचार