जुम्लामाका स्याउ किसान स्याउको बगैचा काँटछाट गर्न ब्यस्त


दिलमाया शाही
जुम्ला ः तिला गाँउपालिका–५ डुग्रिंका दीपक शाही यति बेला स्याउको बगैचा ब्यवस्थापनमा ब्यस्त छन । उनी भन्छन स्याउको बगैचा समयमै ब्यवस्थापन नगरे स्याउको कम फल्छ स्याउ कम फलेको खण्डमा हाम्रो आम्दानीमा हस हुन्छ । त्यसैले स्याउको काँटछाट गर्न तिर लागेको छु । उनिमात्रै होइन यतिबेला जुम्लाका स्याउ किसान सबै स्याउका बिरुवा लगाउन र काँटछाँटमा ब्यस्त भएका छन । जुम्लामा खासगरी पुष महिना देखि माघ महिनाको अन्त्यसम्म स्याउका विरुवा लगाउने र स्याउको बंगैचा काँटछाट गर्ने समय भएकाले स्याउ किसान ब्यस्त देखीएका हुन । स्याउका विरुवा लगाउन पहिले खाडल खन्दा देखी नै ध्यान दिन कृषि विज्ञले किसानलाई सुझाव दिएका छन् ।

खाडल खन्दा एउटा स्याउको विरुवा देखि अर्काे स्याउका विरुवा सम्म कम्तिमा ५ मिटरको दुरीमा उपयुक्त हुने कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवोटाले बताए ।उनले भने , १÷१ मिटर लम्वाई, चौडाई र गहिराईको खाडल खनेर सबै भन्दा तलको माटोलाई माथि र माथिल्लो भागको माटोलाई तल हाल्नु पर्ने हुन्छ ।खाडल खन्दा माथिल्लो सतहको माटो एक तर्फ र तल्लो सतहको माटो अर्को तर्फ राख्नु पर्ने उनको भनाइ छ ।

खाडल खन्दा निस्किएको माथिल्लो सतहको माटोमा २० केजी कम्पोष्ट मल, रसायनिक मल र माटो उपचार गर्ने विषादीहरु राम्रो सँग मिसाएर विरुवा लगाउन उपयुक्त हुन प्रमुख देवकोटाले बताए । उनले भने, स्याउको बिरुवा विशेष गरि माघ र फाल्गुन महिनामा रोप्दा राम्रो हुने छ । प्राविधिक सल्लाह अनुसार स्याउका विरुवा रोप्दा र समयमै बगैचा ब्वस्थापनमा ध्यान दिदा गुणस्तरीय फल र बगैँचा राम्रो देखिने कृषि कार्यालयले बताएको छ ।

फागुन महिनामा स्याउको पालुवा पलाउने भएकाले त्यो भन्दा अगाडी नै स्याउका विरुवा रोपि सक्नु पर्ने कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछीराम महतले बताए ।उनले स्याउका विरुवा रोप्दा पाकेको गोठेमलाई माटोसँग मिसाएर हाल्दा राम्रो हुने बताए । स्याउ खेतिका लागि सकेसम्म दक्षिणी मोहडा भएको पारिलो जग्गा उपयुक्त हुने उनको भनाई छ ।धेरै भिरालो भएको जग्गामा स्याउ गाउँदा पानी बगेर जाने हुँदा स्याउका विरुवामा सिंचाइ गर्न समस्या हुने भएकाले सम्म परेको जीमनमा बगैँचा निर्माण गर्दा राम्रो हुन्छ महतले भने , बगैँचा स्थापना गरिने जमिनमा अनावश्यक बोट बिरुवा, झाडी, बुट्यान र गहुँ बाली नलगाउन पर्नै उनको सुझावछ ।