ओढारमा बस्ने सहित चार वेवारिसे महिलाको उद्दार

 दिलमाया शाही

जुम्ला ः ओढारमा बस्ने बेवारिस एक महिला सहित चार महिलाको उद्दार गरिएको छ ।जिल्ला प्रशासनको समन्वयमा चन्दननाथ नगरपालिका(३ स्थित ओढारमा बसिरहेकी कमला कुमाई लगाएको चार वेवारिसे महिलाको उद्धार गरिएको हो । यो ओढार जुम्ला सदरमुकामबाट एक किलोमिटर टाढा थियो । कुमाइ कहाँबाट आएर जुम्लाको यो ओढारमा बसिरहेकी हुन् भन्ने अझै पत्ता लाग्न सकेको छैन। उनको उमेर ६० वर्ष हाराहारी रहेको अनुमान गरिएको छ। लगभग मृत्युको मुखमा पुगेकी ति महिला सहित चारजना उस्तै समस्या भएका महिलालेको उद्धार भएको छ । कुमाई एका तिर मानसिक स्वास्थ्य बिग्रेको छ भने अर्कातिर पाठेघरको समस्याबाट ग्रसित छिन्।
ओढारमै थलिएकी उनको पटक(पटक रक्तश्राव हुने गरेको थियो । घरमा ल्याउन खोज्दा नमान्ने महिलालाई गाँसबास, कपासको लागी उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । उनले भने जसलाई राज्यको सहयोग आबश्यक छ त्यस्ता ब्यक्तिको लागी हामीले पहल गरेका हौ । प्रजिअ थापा आए पछि जिल्ला प्रशासन कार्यालय जुम्लाले उद्धारको लागी समन्वय गरेको हो ।
चार जनामा  मानिसक असन्तुलन समस्या 

मानिसक असन्तुलन समस्या रहेकी चन्दननाथ नगरपालिका ९ की पुनी तिरुवा , दैलेख ठेगान भएकी कमला कुमाई ,तातोपानी गाउपालिका ५ की बाहुनी लाटी ,सिंजा गाउपालिका प्रेमकली नेपाली लाई उद्धार गरीएको हो । प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्ले र ससस्त्र प्रहरीका गगन श्रेष्ठ, चन्दननाथ नगरपालिका, पत्रकार सम्मिलित टोलीले स्थलगत्त स्थानमै पुगेर ती महिलालाई उद्धार गरिएको छ। प्रजिअ थापाले भने, तत्काल उनलाई जुम्लामा पुनःस्थापना गर्ने ठाउँ नभएकोले हामीले उद्धार गरी मानव सेवा आश्रमसुर्खेतमा पुनःस्थापना का लागी पठाएका छौ ।उनले भने प्रशासनले सडकमा बाध्यात्मक हिसाबले बस्दै आएका मानवहरूको तथ्याङ्क संकलन गर्न थालिएको छ । संकलित तथ्याङ्कका आधारमा सडक मानवहरूको उद्धार गरी मानव सेवा आश्रम सुर्खेतमा पुनःस्थापनाका लागी पठाइने छ ।
प्रजिअ थापाको पहलमा पहिलो पटक सडक मानवलाई उद्धार

सडक मानवहरूको उद्धार गरी पठाउनका लागी चन्दननाथ नगरपालिकाले आर्थिक सहयोग र गाडीको ब्यवस्था गगरेको छ । प्रजिअ थापा नेत्वको एक टोलीले जुम्ला बजारका विभिन्न स्थानमा बसेर मागेर खाने भेटिने गरेका तथा राज्यको सहयोग आबश्यक परेकालाई उद्धारका लागी पहल गरेका हुन । प्रजिअ थापाले हिमपात प्रतिकार्य तथा पुर्वतयारी योजना अन्तरगत्त वेबारीसे अबस्थाका ब्यक्तिलाइ सहयोग गरिएको बताए । उनले थपे सडक मानवरहित जिल्ला बनाउनका लागी स्थानियतह र कर्णाली प्रदेश संग समन्वय गरेर उनिहरुको ब्यवस्थापन गरिने छ । प्रजिअ थापाले भने पाप पखाल्न मन्दिर नै जानु पर्दैन सहाराबिहिनको गाँसबाँसको ब्यवस्था गरे पुग्न छ । प्रजिअ थापाले हरेक व्यक्तिले आफ्नो जिम्मेवारी बुझ्दै वेसहाराको सेवा गर्नु पर्नेमा जोड दिए।
गाउँमा नजाने, वनमै बस्ने वनपाले हुने बताएपनि बढ्दै गएको चिसोले बृद्ध महिलाको उद्दारको विकल्प थिएन् । यसलाई मध्यजनर गरी प्रशासनले बृद्ध महिलालाई मात्र नभई अन्य तीनलाई पनि पठाउने गरी समन्वय गर्दा चार जनाको उद्दार भएको डिएसपी माधव प्रसाद काफ्लले बताए ।चार जनालाई लिएर चन्दननाथ नगरपालिकाका विपद व्यवस्थापन संयोजक लक्ष्मीचन्द्र न्यौपाने सुर्खेत गएका छन् । उनी मानसिक रुपमा समस्या भएका, कहिले गाडी नचेढको हुनाले चुनौतीका बाबजुतसुर्खेत पुराउन गएका हुन ।राज्यको दायित्व र जिम्मेवारी अनुसार सडक मानवको उद्दारमा प्रहरी प्रशासन, नगरपालिका अटिएको चन्दननाथका नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खडानन्द चौलागाईले बताए । उनले भने अनुसार चार जना सडक मानवलाई सुर्खेत सम्म लिने सबै खर्च नगरपालिकाले व्यवहोरेको छ ।भने, सुर्खेतमा बसोबासका लागि प्रशासनले समन्वय गरेको छ । पहिला ओडार छोडेर अन्त कतै नजाने बताई रहेकी बृद्ध कमला कुमाईले आफुलाई सुरक्षित स्थान पठाउन लागिएको भन्दै निबै खुसी भएकी थिईन् । बृद्ध महिला संगै अन्य तीनजना सडक मानव पनि आफ्ना उद्दार भई सुरक्षित ठाउँमा लिन लागेको भन्दै खुसी भएका छन् ।

सम्बन्धित समाचार