कांग्रेस ‘ख’ जुम्लाको सभापतिमा धनबहादुर शाहीको उम्मेदवारी

जुम्ला : नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय रहँदै आएका तिला गाउँपालिका ३, निबासी धनबहादुर शाहीले नेपाली कांग्रेस प्रदेशसभा क्षेत्र ‘ख’ जुम्लाको सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा शाहीले सभापति पदमा उम्मेदवारी घोषणा गर्दै पार्टीलाई थप सुदृढ, सक्रिय, स्वच्छ र जनमुखी बनाउन आफूले नेतृत्वमा आउने प्रयास गरेको बताएका छन्।

१६ वर्षको उमेरदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय शाहीले विभिन्न जिम्मेवारीमा रहेर पार्टी संगठनमा योगदान दिँदै आएका छन्। उनले नेपाल तरुण दलमा करिब १० वर्ष, वडा सभापतिका रूपमा ५ वर्ष काम गरेका छन्। त्यसैगरी सरस्वती माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीसमेत सम्हालिसकेका शाही हाल तिला गाउँपालिका–३ का नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।

लामो राजनीतिक तथा सामाजिक अनुभवलाई पार्टी संगठन निर्माणमा उपयोग गर्ने उद्देश्यसहित आफ्नो उम्मेदवारी रहेको शाहीको भनाइ छ। उनले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टीको संगठनलाई बलियो बनाउने, कार्यकर्ताबीच एकता र सहकार्य बढाउने तथा पार्टीलाई जनतासँग अझ नजिक पुर्‍याउने आफ्नो प्राथमिकता रहेको बताए।

“कांग्रेसलाई पलाउन, फुलाउन र स्वच्छ बनाउन मेरो उम्मेदवारी हो। व्यक्तिगत स्वार्थका लागि होइन, पार्टी संगठनलाई थप बलियो र व्यवस्थित बनाउन सक्रिय भएर काम गर्ने उद्देश्यले सभापति पदमा उम्मेदवारी घोषणा गरेको हुँ,” शाहीले भने।

उनले प्रदेशसभा क्षेत्र ‘ख’ लाई नेपाली कांग्रेसको बलियो र सक्रिय संगठनका रूपमा विकास गर्ने लक्ष्यसमेत अघि सारेका छन्। पार्टीका नेता, कार्यकर्ता तथा क्षेत्रीय प्रतिनिधिहरूबीच सहकार्य, संवाद र संगठनात्मक एकतालाई प्राथमिकतामा राखेर अघि बढ्ने उनको भनाइ छ।

सभापति पदका उम्मेदवार शाहीले नेपाली कांग्रेसका सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीमा सहयोग, साथ र समर्थनका लागि हार्दिक आग्रह गरेका छन्।

“सम्पूर्ण नेपाली कांग्रेसका आदरणीय क्षेत्रीय प्रतिनिधिज्यूहरूलाई मेरो उम्मेदवारीमा साथ, सहयोग र समर्थनका लागि हार्दिक अनुरोध  गरेका छन ।

सम्बन्धित समाचार