जुम्लामा जिल्ला भलिबल संघ गठन:अध्यक्षमा धिरेन्द्र रोकाया चयन
जुम्ला । जुम्लामा जिल्ला भलिबल संघ गठन गरिएको छ। जिल्ला खेलकुद विकास समितिको पत्रअनुसार जिल्ला भलिबल संघको साधारणसभा सम्पन्न भई नयाँ कार्यसमिति गठन गरिएको हो।
नवगठित संघको अध्यक्षमा धिरेन्द्र बहादुर रोकाया चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा नारायण दत्त हमाल र हरिलाल महत, सचिवमा उपेन्द्र प्रसाद न्यौपाने तथा कोषाध्यक्षमा दान बहादुर बुढा चयन भएका छन्।
संघको सदस्यमा लक्ष्मी बहादुर रावल, बबी लामा के.सी.,शन्देस शाही , दत्तराज रावत, श्रीकृष्ण भण्डारी ,टेक बहादुर भण्डारी, शक्ति बुढा र नरेन्द्र शाही रहेका छन्।
जिल्ला खेलकुद विकास समितिले नवगठित कार्यसमितिको विवरण सहित नेपाल भलिबल संघ केन्द्रीय कार्यालय, काठमाडौंलाई जानकारी गराउँदै संघ गठनको आवश्यक प्रक्रिया अघि बढाउन अनुरोध गरेको पत्रमा उल्लेख छ।
जुम्लामा भलिबल खेलको विकास, खेलाडी उत्पादन तथा जिल्लास्तरीय प्रतियोगितालाई व्यवस्थित बनाउन संघ गठनले संस्थागत आधार तयार गर्ने अपेक्षा गरिएको छ।








