शैक्षिक सुधारका लागि जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री, घर र शौचालय सहयोग
मुगु:हिमाली जिल्ला मुगुमा शैक्षिक गुणस्तर सुधारसँगै आर्थिक रूपमा विपन्न, एकल अभिभावक तथा सहारा नभएका जेहेन्दार विद्यार्थीलाई शिक्षाको मूल प्रवाहमा ल्याउने उद्देश्यले शैक्षिक सामग्री, आवास तथा शौचालय निर्माणमा सहयोग गरिएको छ।
गुड नेबर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा किडार्क नेपाल मुगुद्वारा सञ्चालित आईसीडीपी परियोजनाअन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्रीसँगै उनीहरूको घरपरिवारको स्वास्थ्य र जीवनस्तर सुधारका लागि घर तथा शौचालय निर्माणमा समेत आर्थिक सहयोग गर्दै आएको हो।
‘हाम्रो मुगु, राम्रो शिक्षा’ अभियानअन्तर्गत छायाँनाथ रारा नगरपालिकासहित जिल्लाका चार स्थानीय तहका ६० सामुदायिक विद्यालयमा अध्ययनरत १ हजार ४०२ जना विद्यार्थीलाई सन् २०१८ देखि निरन्तर सहयोग गरिँदै आएको किडार्क नेपाल मुगुले जनाएको छ।
४ देखि १८ वर्ष उमेर समूहका विद्यार्थीलाई प्रतिव्यक्ति २ हजार २३३ रुपैयाँका दरले विद्यालय पोसाक, झोला, जुत्ता, कापी, कलम, सिसाकलम, कटर र इरेजरलगायत शैक्षिक सामग्री उपलब्ध गराइएको छ।
त्यसैगरी, १५ जना विद्यार्थीका परिवारलाई घर निर्माणका लागि प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले ३० लाख रुपैयाँ तथा ५० जना विद्यार्थीका परिवारलाई शौचालय निर्माणका लागि प्रतिव्यक्ति १५ हजार रुपैयाँका दरले ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
परियोजनाले विद्यार्थी र उनीहरूका अभिभावकलाई जनचेतनामूलक सन्देश, तालिम, गोष्ठी, सेमिनार तथा अभिभावक शिक्षा प्रदान गर्दै आएको छ। त्यस्तै, आवश्यकताअनुसार प्रतिविद्यार्थी वार्षिक ५० हजार रुपैयाँसम्म उपचार खर्च तथा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म नगद सहयोगसमेत गर्दै आएको जनाइएको छ।
किडार्क नेपाल मुगुका कार्यक्रम संयोजक कर्णजंग शाहीका अनुसार भौगोलिक विकटता, आर्थिक अभाव र शैक्षिक क्षेत्रमा पछाडि परेको मुगुमा धेरै बालबालिका अझै पनि शिक्षाबाट वञ्चित हुने अवस्था छ।
“आर्थिक रूपमा विपन्न तथा शिक्षाबाट वञ्चित भइरहेका बालबालिकालाई प्रोत्साहित गर्दै उनीहरूको शिक्षामा पहुँच बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै आएका छौँ,” शाहीले भने।
छायाँनाथ रारा नगरपालिका–३ की उज्याली खड्काले संस्थाबाट नियमित रूपमा शैक्षिक तथा सरसफाइ सामग्री प्राप्त हुँदा छोरीको पढाइमा सहज भएको बताइन्।
“छोरी विद्यालय जाने उमेर भएदेखि नै सहयोगी संस्थाबाट शैक्षिक सामग्री र सरसफाइका सामग्री नियमित पाउँदा निकै सहज भएको छ। हामीजस्ता गरिब परिवारलाई छोरी पढाउन निकै समस्या हुन्थ्यो। संस्थाको सहयोगले पढाइसँगै घरपरिवारलाई पनि ठूलो राहत भएको छ,” उनले भनिन्।
उनका अनुसार यस वर्ष शौचालय निर्माणका लागि सामग्री तथा कामदारको ज्यालासमेत सहयोग पाएपछि थप राहत भएको छ। “शौचालय नहुँदा टाढा जंगलतिर जानुपर्ने बाध्यता थियो। अहिले त्यो समस्या हटेको छ। सरसफाइमा सुधार आउँदा विभिन्न रोगबाट बच्न पनि सहयोग पुगेको छ,” उनले भनिन्।
त्यस्तै, स्थानीय दनिष्टा रावलले आफ्नो परिवारको पुरानो र जीर्ण घरका कारण जोखिमपूर्ण अवस्थामा बस्नुपरेको बताइन्। संस्थाबाट घर निर्माणका लागि आर्थिक सहयोग पाएपछि नयाँ घरमा बस्न पाउँदा ठूलो राहत मिलेको उनको भनाइ छ।
“हाम्रो घर पुरानो र जीर्ण थियो। त्यही घरभित्र बस्न निकै जोखिम थियो। संस्थाले छोरीको पढाइ र स्वास्थ्यमा सहयोग गर्दै आएको चार वर्षभन्दा बढी भयो। यस वर्ष घर निर्माणका लागि आर्थिक सहयोग पाएपछि नयाँ घरमा बस्न पाउँदा ठूलो राहत भएको छ। गुड नेबर्स इन्टरनेसनल नेपाल र किडार्क नेपाल हामी गरिब परिवारका लागि भगवान् बनेका छन्,” रावलले भनिन्।
शैक्षिक सामग्री, आवास तथा शौचालय निर्माणमा गरिएको सहयोगले मुगुका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षामा पहुँच बढाउन र उनीहरूको भविष्य उज्ज्वल बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि यस्ता सकारात्मक कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिन आग्रह गरेका छन्
किडार्क नेपाल मुगुका कार्यक्रम संयोजक कर्णजंग शाहीका अनुसार भौगोलिक विकटता, आर्थिक अभाव र शैक्षिक क्षेत्रमा पछाडि परेको मुगुमा धेरै बालबालिका अझै पनि शिक्षाबाट वञ्चित हुने अवस्था छ।
“आर्थिक रूपमा विपन्न तथा शिक्षाबाट वञ्चित भइरहेका बालबालिकालाई प्रोत्साहित गर्दै उनीहरूको शिक्षामा पहुँच बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गर्दै आएका छौँ,” शाहीले भने।छायाँनाथ रारा नगरपालिका–३ की उज्याली खड्काले संस्थाबाट नियमित रूपमा शैक्षिक तथा सरसफाइ सामग्री प्राप्त हुँदा छोरीको पढाइमा सहज भएको बताइन्।
“छोरी विद्यालय जाने उमेर भएदेखि नै सहयोगी संस्थाबाट शैक्षिक सामग्री र सरसफाइका सामग्री नियमित पाउँदा निकै सहज भएको छ। हामीजस्ता गरिब परिवारलाई छोरी पढाउन निकै समस्या हुन्थ्यो। संस्थाको सहयोगले पढाइसँगै घरपरिवारलाई पनि ठूलो राहत भएको छ,” उनले भनिन्।
उनका अनुसार यस वर्ष शौचालय निर्माणका लागि सामग्री तथा कामदारको ज्यालासमेत सहयोग पाएपछि थप राहत भएको छ। “शौचालय नहुँदा टाढा जंगलतिर जानुपर्ने बाध्यता थियो। अहिले त्यो समस्या हटेको छ। सरसफाइमा सुधार आउँदा विभिन्न रोगबाट बच्न पनि सहयोग पुगेको छ,” उनले भनिन्।
त्यस्तै, स्थानीय दनिष्टा रावलले आफ्नो परिवारको पुरानो र जीर्ण घरका कारण जोखिमपूर्ण अवस्थामा बस्नुपरेको बताइन्। संस्थाबाट घर निर्माणका लागि आर्थिक सहयोग पाएपछि नयाँ घरमा बस्न पाउँदा ठूलो राहत मिलेको उनको भनाइ छ।
“हाम्रो घर पुरानो र जीर्ण थियो। त्यही घरभित्र बस्न निकै जोखिम थियो। संस्थाले छोरीको पढाइ र स्वास्थ्यमा सहयोग गर्दै आएको चार वर्षभन्दा बढी भयो। यस वर्ष घर निर्माणका लागि आर्थिक सहयोग पाएपछि नयाँ घरमा बस्न पाउँदा ठूलो राहत भएको छ। गुड नेबर्स इन्टरनेसनल नेपाल र किडार्क नेपाल हामी गरिब परिवारका लागि भगवान् बनेका छन्,” रावलले भनिन्।
शैक्षिक सामग्री, आवास तथा शौचालय निर्माणमा गरिएको सहयोगले मुगुका आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीको शिक्षामा पहुँच बढाउन र उनीहरूको भविष्य उज्ज्वल बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। स्थानीयवासीले पनि यस्ता सकारात्मक कार्यक्रमको प्रशंसा गर्दै आगामी दिनमा समेत सहयोगलाई निरन्तरता दिन आग्रह गरेका छन।