जुम्लामा चरेस सहित एक जना पक्राउ, अनुसन्धानका लागि ७ दिनको म्याद थप

जुम्ला: जुम्लामा लागूऔषध (चरेस) सहित एक जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार साउन १० गते दिउँसो करिब १२ बजे तातोपानी गाउँपालिका ६, ऐरेनीमा शंकास्पद अवस्थामा हिँडिरहेका धौलापानी निवासी २९ वर्षीय अमर सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले शरीर खानतलासी गर्दा उनको साथबाट चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ।

मान्यता प्राप्त तराजुले तौल गर्दा उक्त पदार्थको शुद्ध तौल ६०० मिलिग्राम (०.६ ग्राम) रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका सार्कीविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाउन जिल्ला अदालत जुम्लाबाट ७ दिनको म्याद प्राप्त गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिएका छन्।

सम्बन्धित समाचार