सुत्केरी महिलाको ज्यान जोगाउन जुम्ला प्रहरीको रक्तदान सेवा

जुम्ला :“सेवा नै धर्म हो” भन्ने नारालाई जुम्ला प्रहरीले व्यवहारमै उतारे नेपाल प्रहरी मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका निवासी श्रीमती गउकली रावत सुत्केरी अवस्थामा अत्यधिक रक्तश्राव भएपछि उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान मा भर्ना गरिएको थियो । उपचारकै क्रममा तत्काल रगत आवश्यक परेपछि जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक हवल्दार छोटेलाल चौधरीले स्वेच्छाले रक्तदान गरी बिरामीको ज्यान बचाउन महत्वपूर्ण सहयोग गर्नुभएको छ ।

समयमै रगत उपलब्ध भएपछि उपचार प्रक्रियामा सहजता आएको अस्पताल स्रोतले जनाएको छ । प्रहरी कर्मचारी चौधरीको मानवतापूर्ण कार्यप्रति बिरामीका आफन्त तथा स्थानीयवासीले उच्च प्रशंसा गरेका छन् ।
शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारीसँगै मानवीय सेवामा समेत नेपाल प्रहरी अग्रपंक्तिमा रहेको प्रहरीका यस्तो कार्यहरुले प्रमाणित गरेको पाइन्छ । संकटको घडीमा गरिएको यस्तो सहयोगले समाजमा सकारात्मक सन्देश फैलाएको छ ।
“सेवा नै धर्म हो”भन्ने नारालाई व्यवहारमा उतार्दै नेपाल प्रहरीले मानवताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको स्थानीको भनाइ छ।