सिंजामा नेकपाका उम्मेदवार नरेश भण्डारीका पक्षमा जनलहर, हजारौं सिंजावासी जिताउन उर्लिए
जुम्ला :नेपाली कम्युनिस्ट पाटी जुम्लाबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका नरेश भण्डारी लाई विजयी गराउन सिंजा क्षेत्रका हजारौं मतदाता उत्साहपूर्वक मैदानमा उत्रिएका छन्। घरदैलो अभियानदेखि चुनावी सभासम्म उल्लेखनीय जनसहभागिता देखिएपछि सिंजाकाे गुठी ज्युलाेमा उनको पक्षमा बलियो जनलहर देखिएको समर्थकहरूको दाबी छ।उनले खस सभ्यता बिधेक,लगायतका बिकास गर्न मिसन सिंजा सुरु गर्ने बताए ।उनले जितेर गएपछि पहिलाे आवाज सिंजा सभ्यता बिधेककाे लागि आवाज उठाउने बताए ।
चुनावी भेटघाट कार्यक्रममा स्थानीय युवादेखि ज्येष्ठ नागरिकसम्मको बाक्लो उपस्थिति रहेको थियो। सहभागीहरूले कृषि, पर्यटन, रोजगारी, शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारलाई प्राथमिकतामा राखेको एजेन्डाप्रति समर्थन जनाएका छन्।
कार्यक्रममा बोल्दै भण्डारीले सिंजाको ऐतिहासिक पहिचान जोगाउँदै समृद्धि र विकासका लागि प्रतिबद्ध भएर काम गर्ने अठोट व्यक्त गरे। सिंजाको सम्भावना उजागर गर्न सक्षम र जवाफदेही नेतृत्व आवश्यक छ,” उनले भने,स्थानीय अगुवाहरूका अनुसार पछिल्लो समय गाउँगाउँमा बढ्दो समर्थनले चुनावी माहोल थप उत्साहित बनेको छ। विशेषगरी युवा पुस्ता रोजगारी र उद्यमशीलताका योजनाबाट आकर्षित भएको बताइएको छ।
सिंजावासीहरूले यसपटक विकासमुखी नेतृत्व चयन गर्ने अठोट लिएको बताउँदै आगामी निर्वाचन परिणाम आफ्नो पक्षमा आउने विश्वास व्यक्त गरेका छन्।









