इन्स्पेक्टर गुरुङले पूर्वपत्नीलाई कुटे

जुम्ला :नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङले आफ्नी पूर्वपत्नीलाई कुटपिट गरेको आरोप लागेको छ।

ललितपुरको हात्तिवनस्थित डेरामा पुगेर उनले पूर्वपत्नी शुभद्रा दाहाललाई कुटपिट गरेको बताइएको छ। प्रहरीले केही समयअघि सम्बन्धविच्छेद गरेका गुरुङले शुक्रबार साँझ दाहाललाई रगतपच्छे हुने गरी कुटपिट गरेको आरोप दाहाल पक्षले लगाएको हो।

शुभद्रा दाहालले आफ्नाे फेसबुक पेजमा रगतपच्छे भएको फोटो राख्दै सहयोगको याचना गरेकी छन्। उनले लेखेकी छिन् “हेल्प मि, गुरुङबाट म कुटिएँ।”

घटनाबारे जानकारी नआएको ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारी#ले बताएका छन्। उनले भने, “घटनाको जानकारी मलाई छैन, तर कसैले अवाञ्छित गतिविधि गरेको भेटिए कानुन बमोजिम कारबाही हुन्छ।”

हाल घटना अनुसन्धानमा छ भने प्रहरी अधिकारीहरूमाथि समेत यस्ता आरोप लाग्नुले संस्थाको छविमा गम्भीर प्रश्न उठाएको छ। पीडित पक्षले तत्काल न्याय दिलाउन माग गरेका छन्।