पातारासी गाउँपालिका रातो हाब्रेसंरक्षण अभियानमा ।

जुम्ला पातारासी गाउँपालिका ७ का स्थानीय रातो हाब्रे अर्थात रेडपाण्डा संरक्षणमा जुटेका छन् । विश्वकै दुर्लभ वन्यजन्तु हाब्रे हराउने अवस्थामा पुगे पछि पातारासी ७ पट्माराका स्थानीय संरक्षणमा जुटेका हुन् । गुराँस र बाँस प्रशस्त भएको समशितोष्ण पतझड र कोणधारी जङ्गल क्षेत्रहरूमा पाइने हाब्रे अर्थात रेडपाण्डाको ४३ प्रतिशत बासस्थान कर्णालीमा छ । विश्वमा दुर्लभ जीवको रुपमा रहेको रेडपाण्डाको संरक्षणको लागि स्थानीय अभियानमा जुटेका छन् । पातारासी गाउँपालिका ७ का वडाध्यक्ष लालबहादुर बुढाले रेडपाण्डाको संरक्षण गर्दै आर्थिक उपार्जनसँगै वन्यजन्तु संरक्षण र पर्यापर्यटनलाई अघि बढाउन सकिने बताउनु भयो । बढ्दो जनसंख्या र वनजंगल फडानीले रेडपाण्डा लोप हुँदै गएको छ । रेडपाण्डा नेपाल, चिन, वर्मा, भुटान लगायतका देशमा पाइने भए पनि यिनीहरूको सङ्ख्या दिनानुदिन घट्दै गएको छ।पहिला घरआगनमै रेडपाण्डा आउने गरपनि अहिले कम हुँदै गएकाले संरक्षण अभियानमा जुटेको माहारुद्र सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टेकवहादुर बुढ बताउनु हुन्छ ।

हाल नेपालमा रेडपाण्डाको सङ्ख्या ५ सयको हाराहारीमा रहेको छ भने नेपालका ३४ वटा जिल्लामा मात्र रेडपाण्डा पाइन्छ । रेडपाण्डाको चोरी शिकारीमा संलग्नलाई १ वर्षदेखि १० वर्ष कैद र १ लाखदेखि ५ लाखसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । कानुनको कार्यान्वयन गर्दै रातोपाण्डा जोगाउने अभियानमा रहेको बताउँनुहुन्छ, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक देवराज भट्टराई । रेडपाण्डा संरक्षण गर्न सरकारले सन् २०१९ देखि २३ सम्म रेडपाण्डालाई पर्यटनसँगै जोडेर विशेष संरक्षण गर्ने नीति पनि लिएको छ । हाल जुम्लाको सिंजा र पातारासीमा रेडपाण्डा संरक्षणकोअभियान चलिरहेको छ ।

सम्बन्धित समाचार