उपकुलपति नै गैरजिम्मेवार भएको भन्दै, प्रतिष्ठानमा चर्को विरोध

दिलमाया शाही
कार्यकाल सकिन पाँच महिना बाँकी रहँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा. राजेन्द्रराज वाग्लेले नै गैरजिम्मेवारी तरिकाले डिन नियुक्ती गरेको भन्दै प्रतिष्ठानमा चर्को विरोध हुन थालेको छ । यसअघि प्रतिष्ठानमा नर्सिङ डिनका रुपमा सरस्वती गौतम, भट्टराई र मेडिसिन डिनका रुपमा रेशमराज राना नियुक्त भइसकेका छन् । सोमबार मात्रै जनस्वास्थ्य संकायको डिन भन्दै मुनिराज क्षेत्रीलाई डिन नियुक्त गरेपछि चर्को बिरोध हुन थालेको हो ।
प्रतिष्ठान भित्रको कर्मचारी कल्याणकारी समाजले अनियमित तवरले काठमाण्डौ सम्पर्क कार्यालयबाट नियुक्त गरिएको डिनको नियुक्ती तत्काल खारेज गर्न माग गरेको छ । डिन नियुक्ती तत्काल खारेज गर्न माग गर्दै उपकुलपतिलाई प्रतिष्ठान प्रति संवेदशिल बन्न आग्रह गरिएको छ । अहिले उपकुलपति काठमाण्डौँमा बसेर प्रतिष्ठान प्रति अहित हुने खाले काम गरिरहेका छन्, कल्याणकारी समाजले भनको छ ।,‘ जागिर कर्णालीको खाने, काम काठमाण्डौँमा गर्ने यो गतिलो भएन् ।

तत्काल केन्द्रीय कार्यालयमा आएर उपकुलपति वाग्लेले काम गर्नुपर्छ । ’कल्याणकारी समाजका अध्यक्ष रामाकान्त उपाध्यायले २४ घण्टा भित्र अनियमित रुपमा गरिएको डिन नियुक्ती सच्याउन आग्रह गरेका छन । उनले भने,‘२४ घण्टा भित्र प्रतिष्ठान प्रति उपकुलपति जिम्मेवार नभएको खण्डमा कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्नेछौ । उपकुलपतिको सामुहिक रुपमा राजिनामा माग्छौँ । यो उपकुलपति वाग्लेका लागि निकै खतरा हुनसक्छ । ’
प्रतिष्ठानका दुई डिन कामकाज नपाएर थन्किएका छन् । उनले भने,‘यो अवस्थामा कोभिडको संक्रमणको अवस्था र आर्थिक भार निकै परिरहेको छ । त्यसैमा मनपरी रुपमा डिन नियुक्ती गर्नु राम्रो पक्ष होइन् । उपकुलपतिले डिन नियुक्ती फिर्ता लिनुपर्छ ।’
ठुलाठुला प्रतिष्ठानमा पनि एकै डिनले काम चलिरहेको छ । कर्णाली प्रतिष्ठानमा तीन वटा डिन हुदा आर्थिक भार मात्र बढिरहेको हुन्छ । काम एउटै डिनले पनि गर्न सक्छ, अध्यक्ष उपाध्यायले भने,‘नियुक्त भएका डिनलाई प्रतिष्ठानको काममा प्रभावकारी रुपमा खटाइयोस । नयाँ नियुक्त गरिएको डिनलाई फिर्ता गरियोस । ’आफ्नो कार्यकारी सकिनै लाग्दा मनपरी नियुक्ती गरेर प्रतिष्ठानलाई आर्थिक भार लाद्न खोजेको आरोप कर्मचारीको छ । ऐनले उपकुलपतिलाई डिन नियुक्त गर्ने व्यवस्था गरेको छ । तर एउटा मात्र । कर्णाली प्रतिष्ठानमा तीन जना डिन चाहिएको छैन् । एउटै डिन भएपनि पुग्छ ।

कार्यकारी परिषदको निर्णय र सिफारीस विनै एकलौटी रुपमा डिननियुक्ती गर्न कर्णालीका लागि हितकर नभएको कर्णालीबासीले बताएका छन ् ।यो कर्णाली प्रतिष्ठान विरोधी कार्यको घोर भ्रत्सना गर्दछौँ, कर्मचारी कल्याणकारी समाजले भनेको छ ।पहिले देखि अख्तियार, शिक्षा र स्वास्थ्यमन्त्रालयले काठमाण्डौमा रहेको प्रतिष्ठानको सम्पर्क कार्यालय हटाउन निर्देशन दिएपनि उपकुलपतिले काठमाण्डौमै सम्पर्क कार्यालय खोलेको भन्दै कर्मचारीले आक्रोश पोखेका हुन । सम्पर्क कार्यालयको बोर्ड हावाले फालेको भन्दै लुकाएर सम्पर्क कार्यालय नदेखिएपनि सम्पर्क कार्यालयबाटै उपकुलपतिले अनैतिक क्रियाकलाप गरिरहेको आरोप प्रतिष्ठानका कर्मचारीले लगाएका छन आफ्नो कार्यकालमा अधिकांस समय काठमाण्डौँ बसेका उपकुलपति वाग्ले जुम्लामा कहिलेकाही मात्र आउने गरेका छन ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपालको अन्तरिम संविधान २०६३ को धारा ८३ बमोजिम व्यवस्थापिका संसदको हैसियतमा संविधान सभाले छुट्टै ऐन २०६८ कार्तिक ३ गते पारित गरिएको थियो ।