पशुसेवा बाट संञ्चालन भएका कार्यक्रम प्रभाबकारी छन ः मन्त्री केसी ।

दिलमाया शाही
आर्थिक वर्ष ०७६र७७ मा संञ्चालन भएका साना व्यवसायीका आयोजानाका काम प्रभावकारी भएको कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसीले बताइन । कर्णाली प्रदेश भुमि ब्यवस्था तथा कृर्षि सहकारी मन्त्रालय अन्तरगत्त पशुसेवा कार्यलय जुम्ला बाट संञ्चालन भएका आयोजना प्रभावकारी भए नभएको बिषयमा अनुगमान गर्न जुम्ला पुगेकी मन्त्री केसीले यस्तो बताएकी हुन । उनले भनिन अनुदनका कार्यक्रम न्युनआय भएका हरुको लागी आम्दानीको स्रोत बनेको छ । उनले भनिन जब सम्म किसान मुखीहाम्रा कार्यक्रम हुदैनन तब सम्म नागरिको जिवनस्तर माथी उस्कीदैन । मन्त्री केसीले ,गुठीचौर, हिमा, सिजा, लगायतका आयोजनाको अनुगमन गरेकी छन । उनले भनिन बिभिन्न स्थानमा संञ्चालन भएका साना ब्यवसायिकका आयोजना प्रभाबकारी भएका छन ।यसलाई अझै प्रभावकारी बनाउन स्थानियसरको पनि दायित्व हो । पशुसेवाबाट संञ्चालन भएका साना आयोजनाहरु साढे पाँच लाख देखी , ६लाख सम्मका छन । मन्त्री केसीले जुम्ला जिल्लामा सञ्चालन भएका पशु अस्पताल तथा पशु सेवा कार्यालयका आयोजना प्रभावकारी हुनुको कारण किसानलाई फाइदा हुने बताइन

.कोरोनाको संकटमै पशु अस्पतालका अधिकांस आयोजना सम्पन्न

पशु अस्पताल तथा पशु सेवाकार्यालय जुम्लाले कोरोनाको महामारीको बिचमै ंअधिकांस आयोजना सम्पन्न गरेको छ । कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तरगत्त संञ्चालन भएको पशु सेवा कार्यालले गुठी चौरगाउपालिका , हिमा गाउपालिका , तातोपानी गाउपालिका , पातारासी गाउपालिका सिजा गाउपलिका लगायतका बिभिन्न स्थानमा लागु भएका आयोजना सम्पन्न गरेको हो । पशु सेवा कार्यालयले भौसी पालन ,भेडापालन , माछापालन , कुकुरा फोम, पशुबधशाला, लागायतका क्षेत्रमा अनुदन दिदै आएको छ । न्युनआयस्रोत भएका किसानको आम्दानीको स्रोत बढाउनका लागी जुम्लाका ग्रमिण बस्तीमा अनुदनका कार्यक्रम लागु गरिको पशु अस्पताल तथा पशु सेवाकार्यालय जुम्लाका प्रमुख गोबिन्द बहादुर महतले बताए । उनले भने , अनुदनका कार्यक्रमले किसानको जिवनस्तर माथी उकासनका लागी र मासु ,माछा ,र दुधमा आत्मा निर्भर जुम्ला बनाउन यस्ता खालका कार्यक्रम संञ्चालन गरिएका हुन ।

कोरोनाको संकटको समयमा सिंजा भेगको केन्द्र विन्दमा पर्ने नराकोट बजारमा बधशाला निर्माण भएको छ । निर्माण कार्यसम्पन्न भएपछि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले बधशाला औपचारिक रुपमा उद्घाटन गरेपछि सञ्चालनमा आएको छ ।कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, जुम्लाको अनुदान १६ लाख ४० हजार ४ सय र २० लाख ९ हजार ८७९ रुपैया गरी ३६ लाख ५० हजार लागतमा बधशाला सम्पन्न भएको हो ।

पुश बधशाला निमार्ण भएपछि त्यहाका नागरिकलाई स्वच्छ मासु विक्री वितरण गर्नका लागि सहज हुन प्रमुख महतले बताए । उनले भने एकतर्फबाट यहाँका स्थानीयले स्वच्छ मासु प्रयोगका गर्न पाउने छन भने अर्कोतर्फ आर्थिक लाभ हुने अपेक्षा गरिएको छ ।पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख महतका अनुसार सिंजा भेगमा तीन वटा गाउँपालिका पर्दछन् । यो क्षेत्रको केन्द्र पनि नराकोट पर्ने र बजार क्षेत्र भएकालेमाशुको आवश्यकता पर्ने हुनाले बधशाला निर्माण गरिएको हो । उनले भने सिजा भेग भेडाबाख्रा पालन गर्ने क्षेत्र पनि हो । यहाँ पाटन र चरन क्षेत्र प्रयाप्त मात्रामा भएकाले सिंजाबासी भेडाबाख्रा व्यवसायीक रुपमा बढी चासो राख्ने गरेका कारण सिजाको नराकोटमा पशुबधशालाका लागी छानोटमा परेको हो ।
माशु र दुधमा आत्मा निर्भर जुम्ला बनाउने पशुसेवा कार्यालयको लक्ष्य

पुशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाले माशुमा आत्मा निर्भर जुम्ला बनाउने लक्ष्य लिएको प्रमुख गोबिन्द बहादुर महतले बताए । उनले भने यसका लागी भेडा पालन किसानलाई अनुदनका कार्यक्रम संञ्चालन गरिएको छ । महते भने पछिल्लो माछा मासुको उत्पादन क्षेत्रको बृद्धी गर्नका लागी ओदी गाउमा लामा बिष्ण भेडा स्रोत कन्द्रको अबधारण अघिसारिएको हो । उनले भने भेडा पालिन साना ब्यवसायिकका लागी आनुदनका कार्यक्रम संञ्चालन भएका छन । पशु अस्पताल तथा पशुसेवा कार्यलयले किसानहरुका लागी संञ्चालन गरेको अनुदन कार्यक्रमले जुम्लाका ग्रमिण बस्तीका बासिन्दाको लागी आयआर्जनको माध्यम बनेको छ । पछिल्लो समयमा जुम्लाका भेडा पालक किसानहरु सक्रिय भएपछि माशुको उत्पादन बढेको छ ।

सरकारले नै दुधमाछा र माशुमा उत्पादन बनाउने उद्देश्य अनुसार अनुदनका कर्यक्रम संञ्चालनमा ल्याएपछि साना ब्यवसायिकका किसान लाभम्बित भएका छन । आर्थिक वर्ष ०७६र७७ कासाना व्यवसायीका आयोजानाका काम प्रभावकारी भएका छन पशुसेवा कार्यलयले आफ्नो कार्यक्षेत्रमा चालु आर्थिक वर्षमा व्यवसायी कार्यक्रम सञ्चालन गर्दै आएपछि न्युनआएभएका किसानलाई राहत भएको गोरीकला कामीले बताइन । उनले भनिन आधा लगानी हामी आफैले गरेका छौ ,यसले गर्दा जिबिको पार्जनमा सहज भएको छ । पशुसेवाकार्यलयको ६लाख अनुदान बाट पुजा भौसीपालन उद्योग संञ्चालन गर्दै आएका भरतराज जैसीलाई पनि दुध बिक्रिबाट दैनिकी चलाउन सहज भएको छ । उनले भने मैले ६वटा भौसी पालेको छु । दैनिक ४० लिटर दुध उत्पादन हुन्छ ।यसबाट बार्षिक झण्डै ५ लाख आम्दानी हुर्दै आएको छ । उनिमात्रै होइन अनुदानका कार्यक्रम मर्फत ब्यवसायिक संञ्चालन गर्दै आएका किसानका लागी जिविकोपार्जनमा सहज भएको छ ।

 

सम्बन्धित समाचार