जुम्ला–डोल्पा जोड्ने पुल उद्धघाटन ।

दिलमाया शाही
कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जुम्ला–डोल्पा जोड्ने पुलको उद्घाटन गर्नुभएको छ ।दानसाँघुस्थित तिला र जवानदीमा निर्माण सम्पन्न पुल मन्त्री भण्डारीले औपचारिक रुपमा उद्धघाटन गन्र््ृ भएको हो । उक्त पुल नौ वर्ष पछि सम्पन्न भएको थियो । मन्त्री भण्डारीले तत्कालीन् संविधान सभा सदस्य हुँदाका बखत आफैले उक्त पुल निर्माणका लागि बजेट पहल गर्नुभएको थियो । उहाँले उद्धघाटन कार्यक्रममा बोल्दै संविधान सभा, तत्कालीन स्थानीय निकाय हुँदै संघीय संरचना आइसकेपछि निर्माण भएको दानसाँघु पुल साविकको कर्णालीको पहिलो पक्की पुल भएको बताउनु भयो । उहाले भन्नुभयो , पूर्वाधार विकास कार्यालय जुम्ला स्थापना पछि तिला जवाँ नदिको संगम स्थलमा अधुरो भएको पुल सम्पन्न भएको हो । वि.सं २०६८ असार १५ मा ठेक्का सम्झौता भई काम शुरु भएको पुल विभिन्न कारणले ढिलाई भएपछि अधुरो रहेको थियो ।

मन्त्री भण्डारीले आफु पहिलो संविधानसभाको प्रतिनिधी हुदा पुल निर्माण कार्यशुरु भएपनि विभिन्न कारणले ढिलाई भएकोमा अहिले प्रदेश सरकारले यसको मुर्त रुप दिएको बताउनुभयो ।नौ वर्षपछि निर्माण कार्य सम्पन्न भएको पुलले डोल्पा , जाजरकोट जिल्ला जोड्न सघाउ पुग्नेछ,” मन्त्री भण्डारीले भन्नुभयो,ँ जुम्ला जिल्लामा निर्माणाधिन अन्य पुल बनेर जुम्लाका सबै पालिका र अन्तर जिललाहरु अब चाँडै सडक सञ्जालमा जोडिनछन् ।” सडक सञ्जालले यहाँका नागरिकहरुको शिक्षा, कृषि, स्वास्थ्य, आर्थिक र सामाजिक अवस्था माथि उठ्ने उहाँको भनाई छ । उक्त पुन पूर्वाधार विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख रुपबहादुर रावलले चार करोड ३९ लाख ७१ हजार लागतमा निर्माणमा भएको बताउनुभयो ।

पुलको निर्माणका लागि एसवीए बन्धन भगवती जेभीले कुपोण्डोल ललितपुरले दुई करोड ८८ लाख ३० हजारमा आव.०६७÷०६८ कार्य शुरु गर्यो,” प्रमुख रावलले भन्नुभयो, “पछि विसं.२०७३ सालमा उक्त पुल पुनः डिजाईन भई पृथ्वी अमित जेभीले .एक करोड ५१ लाख ४१ हजारमा काम शुरु गरेको थियो । गएको असारमा निर्माण सम्पन्न पुलको पुनः डिजाईनले काम लम्बिएको र त्यही कारण पुल निर्माण हुन नौ वर्ष लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार उक्त निर्मित पुलको लम्बाई ७७ मिटर रहेको छ ।उहाँका अनुसार पहिला स्टमेट ६२ मिटरको मात्रै रहेछ पछि १५ मिटर थप्नुपर्ने देखी विभिन्न प्राविधिक समस्याका कारण काममा ढिलाई भएको रहेछ । अहिले पूर्वाधार कार्यालयको स्थापना पछि म्याद थप गरेर एक करोड १४ लाख रुपैया थपेर जुम्लाकै सवैभन्दा ठूलो र पुरानो पुल काम सम्पन्न भएको उहाँको भनाई छ । दानसाँघुमा पुल निर्माण भएपछि जुम्लाको गुठिचौर गाउँपालिका सहित डोल्पा र जाजरकोट जान सजिलो हुने भएको छ ।