कृषि विकास जुम्लाको बार्षिक समिक्षा :नतिजा मुखी कार्यक्रम ल्याउन अनुरोध

जुम्ला : जिल्ला कृषि विकास कार्यालय जुम्लाका कामहरुको बार्षिक समिक्षा कार्यक्रम गरेको छ । कार्यालयले आर्थिक बर्ष २०८०।०८१ को प्रगति रआर्थिक बर्ष २०८१।०८२ को कार्यक्रमका बिषयमा सार्वजनकिरण कार्यक्रम गरेको हो ।
कार्यालयले शुक्रवार सम्पन्न गरेको समिक्षामा आर्थिक बर्ष २०८०।०८१ मा कृषक पोत्साहन कार्यक्रम १६ वटा, ११ मध्य ६ वटा सम्झौता भई काम सम्पन्न भएको छ । व्यवसायिक फलफुल प्रर्वधन कार्यक्रम १८ वटा रहेका छन् ।

कार्यालय प्रमुख वालाकराम देवकोटाले प्रस्तुत गर्नु भएको प्रस्तुतिकरणमा सिचाईमा २६ वटा ४ हजार ८ सय मिटर आरसिसि क्यानल निर्माण, २२ वटा आरसिसि ट्यांकी निर्माण, ११५ वटा हिउँदे वगैचा काटछाट अभियान, ६ जना प्रांगारिक सिचाई गर्ने किसानलाई साना सिँचाई,६ वटा समुहलाई सामग्री वितरण,तातोपानी गाउँपालिका वडा नम्बर ५ स्याउवालीमा कृषक पाठशाला स्थापना गरिएको छ । छुमचौरमा मार्सीधानको ब्लग स्थापना गरिएको छ ।

त्यस्तै कार्यालय प्रमुख देवकोटाका अनुसार उच्च घनत्वका स्याउका विरुवा खरिद गर्न भने टेण्डर परेन । ५० प्रतिशत अनुदानमा रु २० लाख बजेटको उच्च घनत्व जातका स्याउका विरुवा आयत गर्ने कार्यक्रममा २ पटक सुचना प्रकाशन गर्दा पनि टेण्डर नपरेपछि काम हुन सकेको छैन् ।
त्यस्तै समिक्षा कार्यक्रममा किसानले कृषि तर्फका नजितामुखी कार्यक्रम ल्याउन अनुरोध गरेका छन ।उनीहरुले सरोकारवाला निकायको सुझावमा योजना छनौट नहुदा मनोमानी तरीकाका कार्यक्रम आउने गरेको बताएका छन । स्याउ कृषक रामसिंह रावलले कृषिमा अनुसन्धान शुन्य भएको बताए । उनले योजना छनौट लागी पनी अनुसान्धान आबश्यक हो । उनले किसानको आबश्यकता मुखी भन्दा पनी ब्यक्ति मुखी योजना आउने गरेको बताए ।
त्यस्तै स्याउ किसान गोपाल रोकायाले किसानलाई आएका कार्यक्रमहरु फ्रिज नजाने गरि काम नगर्न सुझाब दिए । उनले स्थानीय तहले पनि कृषि क्षेत्रमा बजेट प्रथामिकता दिनुपर्ने बताए । त्यस्तै जिल्ला समन्वय अधिकारी संगिता धितालले आफुपनि कृषि क्षेत्रबाट आएकाले आगामी दिनमा समन्वय सहकार्य गर्ने बताइन । त्यस्तै नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले कृर्षिका कार्यक्रमहरुको फिल्डमा हेर्न नपाईएको बताए । उनले सुचना संञ्चार र मिडियाको अनुगमनका सहभागिताका लागि सुझाव दिए । उनका अनुसार बजारीकरण, उत्पादनका विषयमा प्रचार सामग्री आवश्यक छ ।
समिक्षामा चन्दननाथ नगरपालिकाका कृषि प्रमुख सुर्जा बोहरा र तातोपानी गाउँपालिकाका कृषि शाखा प्रमुख मोहन महतले आफ्नो पालिकामा भएका कामको समेत प्रस्तुतिकरण गरेका थिए । उक्त समिक्षा कार्यक्रममा सबै स्थानीय तहका कृषि शाखा ,सारोकारवाला निकाय र किसानहरुको सहभागिता रहेको थियो ।








