२५ गते बाट जुम्ला बजार छ घण्टा खुला गरिने ।

जुम्लाः बिहिबार देखी जुम्ला बजार ६ घण्टा खुला गरिएने भएको छ । भदौ १७ गते देखी निषेधाज्ञा जारी गरेको प्रशासनले कोरोनाको महामारीलाइ मध्यनजर गरीे सम्पुर्ण ब्यवसायहरु मिति २० ७७ । ५ महिना २५ गते बिहाना सात बजे देखी दिउसो १ बजे सम्म खुला गरिने भएको हो । यहि भदौ १७ गते बाट दैनिक रुपमा गरिएको निषेधाज्ञाले नागरिकको दैनिकीमा असर परेकोले स्थानीय प्रशासनले केही सहजताका लागि छ घण्टा बजार खुला रहने ब्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो ।प्रमुख जिल्ला अधिकारी थापाद्धारा जारी गरिएको आदेशमा खाद्यन्न, वैंक तथा बित्तिय सेवा, ईन्धन , ऐबुलेन्स ,तरकारी दुध तथा फलफुल व्यवसाय बिहाना सात बजे देखी दिउसोको १ बजे सम्म खुला गरिने उल्लेख गरिएको छ ।

ति सेवा दिदा पुर्ण रुपमा जनस्वास्थ्य सेवाको मापदण्ड अनुसार काम गर्नुपर्नेछ । संक्रमण जोखिम न्युनिकरण,रोकथाम,नियन्त्रण र संक्रमण फैलन नदिन जनस्वास्थ्य तथा सुरक्षा मापदण्डको पालना गर्न आग्रह गरेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापालबताउनु भयो । प्रशासनले तोकोको समय बाहेक बिना काम बजारमा हिडडुल गर्न पाइने छैन । घर भन्दा बाहिर हिड्डुल गर्दा प्रत्येक ब्यक्तिले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने छ ।’मास्क नलगाउने जो सुकैलाई कार्वाही गरिनेछ् ।

’पसलमा सामान किनबेच गर्दा अनिवार्य रुपमा पञ्जा लगाउनु पर्ने प्रशासनले ब्यापारीका लागि सर्त तोकेको छ । यसै बिच जुम्लामा ब्यवसाय गर्दै आएका ब्यापारिहरुले पसल संञ्चाल गर्न पाउनु पर्ने माग राख्दै उद्योग बाणिज्य संघ जुम्लाले प्रशासनको ध्यान आर्कषण गराएको थियो । सम्पुर्ण ब्यापारिहरुको छाता संगठनको रुपमा काम गर्दै आएको उद्योग बाणिज्यसंघले बुधबार प्रशासनलाइ ध्यान आकर्षण पत्र बुझाएको उद्योग बाणिज्य संघका पारस उपाध्यायले जानकारी दिनु भएको छ । कतिपय पसल संञ्चालकहरुले बैकं तथा बितृय सस्था बाट ऋण लियर ब्यवसाय गरेका कारण ब्याज तिर्न र भाँडा तिर्न हाम्मे हाम्मे भएको बताएका छन ।