४ महिने शिशुसहित कर्णालीमा २७८ जनामा कोरोना पुष्टि

सुर्खेत । कर्णालीमा ४ महिने शिशुमा कोरोना भाइरस पुष्टी भएको छ । कर्णाली प्रदेशमा ५ महिने शिशु सहित थप १६ जना कोरोना भाइरस कोभिड१९० का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

१६ जनामध्ये दैलेखका ७ जना, सल्यानका २ र कालिकोटका ७ जना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । कालिकोटका ७ संक्रमितमध्ये महाबै गाउँपालिकाका –४ का ४ महिना २८ दिनको शिशुमा पोजेटिभ देखिएको महाशाखा प्रमुख डा. तिवारीले जानकारी दिए ।