कानून व्यवसायी परिषद्को कर्णाली पार्षदमा बिसी निर्वाचीत

सुर्खेत,माघ २५
नेपाल कानून व्यवसायी परिषद्को पार्षद पदका लागि मतदान सम्पन्न भएको छ । सो निर्वाचन अन्तरगत कर्णाली प्रदेशबाट सुर्खेतका रामबाबु बिसी निर्वाचीत भएका छन् ।नेपाल बार काउन्सिलको पार्षद निर्वाचनमा कर्णाली प्रदेशबाट बृहत प्रगतिशील एवम् समाबेशी समुहका साझा उम्मेदवार अधिवक्ता रामबाबु बि.सीले ७६ मत प्राप्त गरि बिजयी भएका हुन् । उनका प्रतीद्धन्दी बृहत् लोकतन्त्रवादी कानून व्यवसायी समूहबाट दमनराज बम ले २७ मत प्राप्त गरेका छन् । कर्णाली प्रदेशमा बृहत प्रगतिशील एवं समावेशी समूहबाट रामबाबु विसी र बृहत लोकतन्त्रवादी कानून व्यवसायी समूहबाट दमनराज बम चुनावी प्रतिस्पर्धा थिए । प्रत्येक प्रदेशबाट १–१ जनाका काउन्सिलर पदका लागि सात प्रदेशबाट दुई–दुई जना गरी १४ ले उम्मेदवारी दिएका छन् ।
सातजना परिषद् सदस्यका लागि सो निर्वाचनमा कानून व्यवसायमा निरन्तर १० वर्ष काम गरेको कानून व्यवसायीले मात्र उम्मेदवार दिन पाउने कानूनी व्यवस्था रहेको छ । ती काउन्सिलको कार्यकाल पाँच वर्षको हुनेछ ।
परिषद्ले कानून व्यवसायीका लागि आवश्यक आचारसंहिता बनाई लागू गर्ने र कानून व्यवसायीको हकहित र संरक्षण गर्ने काम गर्छ ।








