मुख्यमन्त्री भन्छन् कसैले अनियमीतता गरे सिधै मलाइ फोन गर्नु

सुर्खेत:
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कुनै पनि योजनामा अनियमिता भएको भए आफूलाई सिधा खबर गर्न आग्रह गर्नुभएको छ । अनियमीतता गर्ने कसैलाइ पनि नछोड्ने भन्दै शाहीले आफु अनीयमीतता हुने हरुसंग कडा रुपमा प्रस्तुत हुने दाबी गर्नुभयो । कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले कालिकोटमा हाम्मा कुडा मुख्यमन्त्री कार्यक्रमको शुभारम्भ गर्दै यस्तो बताउनु भएको हो । शुभाराम्भ कार्यक्रम स्थानीयले मुख्यमन्त्री शाहीसँग राखेको जिज्ञासाको उत्तर दिँदै कुनै पनि प्रदेश, जिल्ला वा सरकारी रकमको दुरुपयोग भएको भए त्यसका लागि सिधै मुख्यमन्त्रीसँग गुनासा राख्न आग्रह गर्नुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकार समृद्धिको बाटोमा लम्केकाले कर्णाली प्रदेशमा नागरिकको समस्या र जनताका सबै प्रकार समस्या बुझ्नका लागि मुख्यमन्त्रीसँग हाम्रा कुरा कार्यक्रम संचालनमा ल्याएको बताउनुभयो । कार्यक्रममा स्थानीय राजनीतिक दल र स्थानीयले देश विकासका लागि कर्णाली प्रदेश सरकारले नयाँ नयाँ योजना ल्याउन माग गरेका थिए । कर्णाली प्रदेश सरकारले जनताका र समस्या बुझ्नका हाम्मा कुडा मुख्यमन्त्रीसँग कार्यक्रमको शुभाराम्भ गरेको हो । एक कार्यक्रमका बीच कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हाम्मा कुडा मुख्यमन्त्रीसँग कार्यक्रमको शुभाराम्भ गर्नुभयो । मुख्यमन्त्रीसँग हाम्रा कुडा का लागि पैसा नलाग्ने नम्बर पनि संचालनमा ल्याएको छ। १०९६ नम्बरमा कर्णाली प्रदेश कुनैसुकै नागरिकले मुख्यमन्त्रीसमक्ष आफ्ना गुनासा तथा जिज्ञासा राख्न पाउने भएका छन्।








