सुर्खेतका सरकारी कार्यालयमा प्रशासनको छड्के: कोही बिना ड्रेस, कोही गयल
सुर्खेत :जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित संघीय तथा प्रदेश मातहतका सरकारी कार्यालयको अनुगमन गरेको छ । प्रशासनले १२ वटा संघीय सरकार मातहतका कार्यालयहरुको अनुगमनका क्रममा अधिकृतस्तरका तीन, सहायकस्तरका १६ र अन्य १६ जना कर्मचारी अनुपस्थित भेटिए ।
प्रशासन कार्यालयका अनुसा संघीय खानेपानी तथा ढल निकास व्यवस्थापन आयोजनामा कार्यालयमा कुनै पनि कर्मचारी थिएनन् । यहाँका सबै कर्मचारी हाजिर लगाएर बाहिर गएको पाइएको प्रशासन कार्यालयले जनाएको छ । ‘कार्यालय प्रमुख हाजिर लगाएर काठमाडौं गएको देखियो प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले भने, ‘अन्य कर्मचारीहरु पनि हाजिर लगाएर कार्यालय छोडेर हिंडेको पाइयो ।
यस्तै प्रदेशस्तरका कार्यालयको पनि प्रशासन कार्यालय अनुगमन गरेको छ । अनुगमनका क्रममा अधिकृतस्तरका १८, सहायकस्तरका ३० जना कर्मचारी कार्यालयमा अनुपस्थित भएको पाइयो । यस्तै २१ जना कर्मचारी पोशाक नलगाएर कार्यालयमा आएको पाइएको प्रशासन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार प्रदेश सरकार मातहतका यातायात व्यवस्था कार्यालय र भू तथा जलाधार कार्यालयमा प्रमुखहरु अनुपस्थित थिए








