डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख लामाविरुद्ध विशेष अदालतमा मुद्दा

डिभिजन वन कार्यालय प्रमुख लामाविरुद्ध विशेष अदालतमा मुद्दा

सुर्खेत :  डिभिजन वन कार्यालय, कर्णाली प्रदेश सुर्खेतका कार्यालय प्रमुख भक्तबहादुर लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

लामालाई काठ दाउराको छुट पूर्जी म्याद थप गर्ने क्रममा सेवाग्राहीसँग ४ लाख घुससहित पक्राउ गरिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले उनको कोठाभित्रको स्टिलको दराज भित्र पाँच लाख पचास हजार थप नगद समेत फेला पारेको थियो ।

अनुसन्धानको क्रममा भेटिएका आधार प्रमाण र कारणहरूबाट आरोपित डिभिजन वन अधिकृत भक्त बहादुर लामाले सुर्खेतदेखि बाँके जिल्लासम्म काठ लैजानको लागि लिएको छोडपूर्जीको म्याद थप गरिदिने प्रयोजनको लागि ४ लाख घुस लिएको पुष्टि भएको अख्तियारले जनाएको छ ।

आरोपित भक्तबहादुर लामाको निवासबाट बरामद भएको अतिरिक्त रकम ५ लाख पचास हजारको हकमा सम्पत्ति सम्बन्धी छुट्टै अनुसन्धान गर्न आयोगले निर्णय गरेको छ ।

सम्बन्धित समाचार