मध्यपश्चिम विश्वविद्यालमा तालाबन्दी

सुर्खेत:
मध्यपश्चिम विश्वविद्यालको प्रशासनमा संयुक्त विद्यार्थी संगठन र स्ववियुको आयोजनमा ताला बन्दी गरिएको छ । मध्यपश्चिम विश्व बिद्याललका संयुक्त विद्यार्थी संगठन र स्ववियुको संयुक्त आयोजनमा विद्यार्थीहरुले केन्द्रीय कार्यालयमा विहान १० बजे देखि ११ बजे सम्म १ घण्टा प्रवेश निषेधसमेत गरीएको थियो । आफुुहरुको मागलाई विश्वविद्यालय प्रशासनले कुनै बेवास्ता गरेका कारण ताला लगाउनु परेको विश्व विद्यालयका स्ववियु कोषाध्क्ष सुसिल भट्टराईले जानकमारि दिनु भयो । विद्यार्थिहरुले गत साउन १ गते विश्व विद्यालयका रजिस्टार समक्ष बिभीन्न माग राखेका थिए । हरेक वर्ष वृद्धि हुुदै आएको १० प्रतिशत शिक्षण शुुल्क तत्काल खारेज हुुनुुपर्ने, स्वतन्त्र विद्यार्थी युुनियनको निर्वाचन तत्काल घोषणा गरिनु पर्ने,विश्व विद्यालयका पदाधिकारि,कर्मचारि र प्राध्यपकहरुको दोहोरो सुुविधा खारेज गरिनुपर्ने,यस अघि स्व.वि.युु र इन्जिनियरिङ संकायका विद्यार्थी सँग गरिएका सहमतिहरु तत्काल कार्यान्वयन गरिनु पर्ने माग बिद्यार्थीहरुको छ । एक हप्ता सम्म पनि विश्वविद्यायलका पदाधिकारिहरुले आफुहरुको मागलाई कुनै वास्ता नगरेकोले आन्दोलन गर्नु परेको स्ववियु सदस्य रोशन बस्नेतले जानकारी दिनु भयो । आन्दोलनकै कार्यक्रम अन्तरगत २१ गते विश्वविद्यालय पदाधिकारिका सवारि साधन अनिश्चत कालका लागि बन्द गर्ने कार्यक्रम रहेकोको नेवि संघ सुर्खेतका मोहन रानाले जानकारि दिनुभयो ।








