नेपालगन्जमा निशुल्क परोपकारी सहयोग कक्ष स्थापना

नेपालगंज,१२ साउन
नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा बास द्वारा धम्बोझि वडा नं १ मा निशुल्क परोपकारी सहयोग कक्षको शुरुवात गरिएको छ । जहाँ आफुले नलगाउने तर लगाउने लायकका लुगा,जुत्ता आदि सहयोग गर्न सकिनेछ । आवश्यक भएका ब्यक्तीहरुले ति सामान निशुल्क लैजान सकीने बासले जनाएको छ ।


धम्बोझी प्रहरी बिट सङ्गै स्थापना गरीएको उक्त कक्षमा आवश्यकता भन्दा बढी भएका लत्ताकपडा प्रदान गर्न सकीनेछ ।बासको व्यवस्थापन, गैसस महासंघ नेपाल बाँके शाखा र नेपालगन्ज उपमहानगरपालिकाको सहकार्यमा स्थापित कक्षको उद्घाटन उपमहानगरपालिकाका प्रमुख डाक्टर धवल शमशेर राणा र उपप्रमुख उमा थापा मगरले आज संयुक्त रुपमा उद्घाटन गरेका छन् । उक्त कक्षबाट आवश्यक भएकाहरुले निशुस्ल्क रुपमा लत्ताकपडा, जुत्ताचप्पल, भाँडाबर्तन लिन पाउने गैसस महासंघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाहले बताए ।
सहयोग गर्न चाहनेले सिधै उक्त स्थानमा आफुसङ्ग भएको लुगा जुत्ता आदि सामान छोड्न सकीने बासले जनाएको छ ।