बोनम्यारो पिडीत पत्रकार शर्माको लागी सहयोग रकम जुट्दै

सुर्खेत,१२ साउन
बोनम्यारो रोग संग लडीरहेका सुर्खेतका पत्रकार डिलप्रकास शर्माको उपचारको सहयोगार्थ सुर्खेतका पत्रकारहरु सक्रीय भएका छन् । भारतमा उपचार गराइरहेका पत्रकार शर्माको उपचारको लागी १५ लाख भारतीय रुपैया लाग्ने छ । उक्त रकम जुटाउन शर्मा आबद्ध शाझा बिसौनी दैनिक सहीत पत्रकार महांसंघ र पत्रकारहरु सक्रीय भएका हुन् । शर्मा कार्यरत शाझा बिसौनि दैनीकले १ लाख ११ हजार रुपैया सहयोग गर्ने घोषणा गरीसकेको छ । यस्तै पत्रकार महांसंघ सुर्खेतको अगुवाइमा आज एक लाख तिस हजार बढी रकम संकलन भएको छ । पत्रकार महांसंघ सुर्खेत शाखाले शर्माको उपचारको लागी ५० हजार रुपैया सहयोग प्रदान गर्ने भएको छ । यस्तै संसदीय मामीला पत्रकार समाजले २५ हजार रुपैया सहयोग गर्ने भएको छ । यसैगरी ब्यक्तीगत रुपमा पनि स्वइस्फुर्त रुपमा सहयोग सङकलन भइरहेको छ ।
ब्यक्तीगत रुपमा संङकलीत रकम
अध्यक्ष,गणेशकञ्चन भारती १५ हजार
उपाध्यक्षद्वय, ललित बसेल , माया थापा ५ हजार,
सचिव सुदीप पुरी ५ हजार,
सहसचिव ललित गाहा ५ हजार,
कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा १ हजार १ सय
पत्रकार प्रकाश पन्त ५ हजार
पत्रकार जनक केसी ५ हजार
व्यवसायी बखत शाही ५ हजार
शेरबहादुर थापा २१ सय २१,
पत्रकार प्रकाश पौडेल २ हजार
धर्मराज जिसी २ हजार
पत्रकार शर्माको जीवन बचाउन सम्पूर्ण सहयोगी मनहरूलाई उनकै नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक सुर्खेत शाखामा रहको खाता ०२२०५०५०७९३१३६ नम्बरमा रकम जम्मा गर्न सकीनेछ ।








