रावल र भुसाललाई ओलीको प्रश्न : पार्टीको पक्षमा एक शब्द बोलेको होइन, टिकटलाई रुवावासी

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भीम रावल र घनश्याम भुसालप्रति संकेत गदै निर्वाचनमा टिकट नपाएकोमा रुवाबासी गरेको बताएका छन् । रावल र भुसालप्रति सङ्केत गर्दै अध्यक्ष ओलीले अवसरै अवसर पाएकाहरूले सधैँ टिकट पाउनुपर्ने छ र ? भन्दै प्रश्न समेत गरे ।

शनिबार पार्टी जिल्ला कमिटी ललितपुरले पाटनमा आयोजना गरेको एक कार्यक्रममा उक्त कुरा बताएका हुन् । उनले भने , ‘पार्टीको पक्षमा एक शब्द पनि नबोलेकाहरूलाई टिकट नदिएको हो । २०४८ सालदेखि पद, ओहोदा र सुविधा भोग गरिरहेकाहरू एकाधले अरूलाई पनि पालो दिनुपर्ने भएकाले उनीहरूले फेरि टिकट नपाउनु स्वाभाविक हो । यस्ता कुराको पछि नलागे हुन्छ ।’

केही नबुझेर केही बुझिबुझिकन फलानो व्यक्तिले किन पाएन ? दुई जना मान्छेका लागि बबण्डर गरको बताए । उनले भने , ‘असोज ३ गतेसम्म सांसद रहिरहेका मान्छेले, २०४८ सालदेखि सांसद भएका छन्, भएका छन् । पद, सुविधा, ओहोदा, उपप्रधानमन्त्री तीनैले खाएका छन् । गृहमन्त्री, रक्षामन्त्री, भौतिकमन्त्री, सञ्चारमन्त्री, पर्यटनमन्त्री, युवा तथा खेलकुदमन्त्री, महिला, बालबालिकामन्त्री । नखाएको कुनै मन्त्रालय छैन । यसपल्ट अस्ती असोज २ गते बल्ल मुख खाली भएको छ । उसलाई किन बनाइएन भनेर रुवाबासी छ । अनि एकै जना मान्छेले मात्रै पाइरहनुपर्ने छ र ?’

उनले थपे, ‘काम कस्तो गरेको छ, त्यो नभनौँ । पार्टीको पक्षमा एक शब्द कहिल्यै बोलेको होइन । पार्टीको हितमा एक शब्द बोलेको होइन । आन्दोलनको हितमा एक शब्द बोलेको होइन । अरू अरू ठाउँमा तमासा देखाइएको छ । त्यस्तो मान्छे एकाधले पाएन । स्वाभाविक हो नि । पालो गर्नु पर्दैन ? अरूलाई पनि त पालो गर्नु पर्छ नि त । पार्टीको पक्षमा त्यस्तो असाधारण भूमिका भए पनि ल उहाँको भूमिका आवश्यक छ, उहाँ नभईकन पार्लियामेन्ट चल्दैन, उहाँ नभईकन देश हाँकिँदैन भन्ने स्थिति त होइन । यस्ता कुराहरूको पछि नलाग्न पनि म हाम्रो साथीहरूलाई आग्रह गर्न चाहन्छु । कुनै सेन्टिमेन्टमा बग्नुपर्ने आवश्यकता छैन ।’

उनले नेकपा एमालेमा न्याय हुने दाबी गर्दै न्याय सापेक्ष हुने जिकिर पनि गरे । एमालेमा अब गुटबन्दी नरहेको पनि दाबी गरे । एमालेमा कोही काखा, कोही पाखा हुँदैन । कोही नजिक, कोही टाढा नहुने दाबी दोहराए ।

ओलीले मङ्सिर ४ गतेको निर्वाचनपछि आफ्नो पार्टी नेतृत्वको बलियो सरकार बनाउनका लागि योगदान गर्न सबैलाई आह्वान गरे । उनले परमादेशबाट बनेको सरकारलाई हटाएर देशलाई स्थिरता र विकासको बाटोमा अघि बढाउन सक्ने सरकार मुलुकलाई आवश्यक रहेको दोहोर्‍याउँदै त्यस लक्ष्य प्राप्तिका लागि आगामी मङ्सिर ४ गतेको निर्वाचन सार्थक हुने विश्वास समेत व्यक्त गरे । अध्यक्ष ओलीले परमादेशी सरकार बनाउने गम्भीर गल्ती विगतमा गरे पनि अव न्यायालयले त्यस्तो खालको गल्ती नगरोस् भन्ने पक्षमा आफ्नो पार्टी रहेको बताए ।

सम्बन्धित समाचार