ब्लास्ट रोगले जुम्लाको मार्सि धानबाली नष्ट पार्दै


जुम्ला ः जुम्लामा रोपिएको धानमा रोग लागेपछि किसान समस्यामा परेका छन् । तातोपानी गाउँपालिका चार गौत्तम वाडामा रहेको धानको ज्युलोमा ब्लास्ट रोग लागेपछि त्यहाका किसानलाईसमस्या भएको हो ।असारमा रोपेको मार्सिधानमा ब्लास्ट रोग देखा परेपछि गौत्तमवाडाका किसान मर्कामा परेका छन ।

धानमा ब्लास्ट रोग लागेकाले कृषि विकास कार्यालय जुम्लामा समस्या दर्शाउन आएको किसान भावना उपाध्यायले बताइन ।उनले भनिन, ५ जनाको धानखेतमा यस्तो समस्या देखिएको छ । सबैले कालिमार्सिधान लगाएका थियौँ ।
एक जनाको ५ देखि १५ भारी सम्मका खेत छन ।, किसानले लगाएको धानमा ब्लास्ट रोगको संक्रमण फैलिएका कारण किसानलाई समयमै उपचार गरी धानको हेरचाह कृषि विकास कार्यालयलाई आग्रह गरिएका छौ ।

त्यस्तै तातोपानी चार कै अर्की किसान, जानकी गौत्तमले धानको गुबो खुइलिएर खैरो, सेतो हुँदै बोट नै मर्ने गरेको दुःखेसो गरिन ।उनले भनिन, हाम्रो पहिचानको रुपमा रहेको मुख्य धानबाली हो । यसको उपचार नभए हाम्रो परिश्रम नै खेर जाने बताइन ।यतिा कृषि बिकास कार्यालय जुम्लाका निमित्त प्रमुख गणेश अधिकारीले प्राविधिक धान खेतमै पुगेर निरीक्षण गरी किसानलाई परामर्श दिइरहेको बताए ।

धानबाली निरीक्षण गर्दै समयमै रोगको निरुपण गर्न आग्रह गरिएको छ ।ब्लास्ट रोगले धानको बोट नै मर्न थालेकाले छ ।प्राविधिकले स्थलगत अध्ययन सुरु गरेको बताए । जुम्लाको पहिचान संग जोडिएको मार्सिधानमा ब्लास्ट रोग लागेको अनुमान गरिएको छ । रोग लागेको क्षेत्रमा हाल जाँच तथा परीक्षणको लागि प्राविधिक परिचालन गरी रोग नियन्त्रणमा लिने काम जारी रहेका छ ।

 

सम्बन्धित समाचार